सामाजिक सञ्जालमा मिथ्या समाचार सम्प्रेषण गरेमा कारबाही हुने आयोगको चेतावनी
काठमाडाैं । निर्वाचन आयोगले निर्वाचनलाई प्रत्यक्ष रुपमा असर पर्ने गरेर सामाजिक सञ्जालमा गलत र तथ्यहीन समाचार आइरहेकोमा आपत्ति जनाएको छ । यस्ता भ्रामक समाचार सामाजिक सञ्जालमा पोष्ट हुँदा निर्वाचनको स्वच्छता र गरिमामासमेत आँच पुग्ने भएकाले यस्ता क्रियाकलाप नगर्न, नगराउन आयोगले चेतवानी दिएको छ ।
आयोगले उम्मेदवार तथा राजनीतिक दलहरुलाई मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति दिनेलाई कारबाही गर्ने चेतावनीसमेत दिएको छ । साथै आयोगले
निर्वाचन आचारसंहिता विपरित जानेलाई निर्वाचन आयोग ऐनको दफा २३ र निर्वाचन कसुर ऐन र प्रचलित कानुन अनुसार कारबाही गर्ने बताएको छ ।
आयोगले निर्वाचन स्वच्छ, निष्पक्ष र शान्तिपूर्वक सम्पन्न होस् भन्नका लागि पत्रकार सम्मेलन गरेको जानकारी गराएको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया