NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २७ गते

अमेजनले बन्द गर्यो अलेक्सा र्‍याङकिङ्

काठमाडौं । अमेजनको वेभसाइट अलेक्सा र्‍याङकिङ् आइतबारदेखि बन्द भएको छ । सन् १९९६ मा स्थापित अलेक्सा सन् १९९९ मा अमेजनले किनेको थियो ।

अलेक्साले विश्वभरका प्रत्येक साइटको वेभ ट्राफिक डेटामा आधारित वेभसाइटहरूको श्रेणी निर्धारण गथ्र्यो ।

अलेक्साले आफ्नो साइटमा लेखेकाे छ, ‘ दुई दशकभन्दा बढि तपाईलाई तपाईका डिजिटल दर्शकहरू फेला पार्न, पहुँच बढाउन र रूपान्तरण गर्न मद्दत गरेपछि हामीले सन् २०२२ काे मे १ देखि सेवा बन्द गरेका छाैं । हामीलाई सामग्री अनुसन्धान, प्रतिस्पर्धी विश्लेषण, किवर्ड अनुसन्धान, र अन्य धेरै विषयका लागि स्रोत बनाउनु भएकोमा धन्यवाद ।’