विश्व शान्ति र राष्ट्र कल्याणका लागि गोरक्ष महायज्ञ गरिने

काठमाडौं । विश्व शान्ति र राष्ट्र कल्याणको सङ्कल्पले वैशाख २३ गतेदेखि जेठ २ गतेसम्म ११ दिने गोरक्ष महायज्ञ, २०७९ आयोजना गरिने भएको छ । वैदिक तथा तान्त्रिक विधिले ११ दिनसम्म पशुपति क्षेत्रको मृगस्थलीमा महायज्ञ गरिने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । एक हजार ७७३ वर्षअघि राजा नरेन्द्रदेवको पालामा मृगस्थलीमै यो महायज्ञ आयोजना गरिएको इतिहास रहेको महायज्ञ आयोजक मूल समारोह समितिका उपसंयोजक केदारमान भण्डारीले बताए ।
त्यसबेला गोरखनाथले सबै नागलाई आसन बनाई राखेर महायज्ञ गर्दा कीरा फट्याङ्ग्रा बढेर रोगको महामारी फैलिएको थियो । गोरखनाथलाई आसनबाट उठाउन कामरुप कामाख्यबाट मच्छेन्द्रनाथलाई ल्याएर नागलाई मुक्त गराएपछि कीटाणुले फैल्याएको प्रदूषण कम भई महामारी हटेर शान्ति स्थापना भएको विभिन्न ऐतिहासिक एवं धार्मिक पुस्तकमा उल्लेख गरिएको छ ।
महायज्ञका लागि कामरुप कामाख्यबाट १० महाविद्यामा सिद्धि प्राप्त गुरु डा. दिवाकर शर्मालाई ल्याइने भएको छ । उनको नेतृत्वमा ५१ जना वैदिक र तान्त्रिक गुरुहरु सहभागी हुने आयोजक समितिका उपसंयोजक भण्डारीले सुनाए । महायज्ञमा देशभरका नाथ सम्प्रदायका मठाधीश, गुरु र भक्तजनलाई पनि आमन्त्रण गरिएको छ ।
महायज्ञमा हिन्दू, बौद्ध, जैन र शिख धर्मका गुरुलाई बोलाइएको आयोजक समितिले जनाएको छ । ओमकार परिवारका यी चारै धार्मिक विधिअनुसार महायज्ञमा पूजा, आराधना र हवनसमेत गरिने छ ।
ताजा अपडेट
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
प्रतिक्रिया