भारतीय प्रधानमन्त्री मोदी र जर्मन चान्सलरबीच भेटवार्ता

बर्लिन । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार जर्मनीका चान्सलर अलाफ स्कोल्जका बीचमा भेटवार्ता भएको छ ।
तीन दिने युरोप भ्रमणमा आएका मोदीले भ्रमणको पहिलो दिन नै बर्लिनमा स्कोल्जलाई भेटेका हुन् ।
उनीहरूका बीचमा भारत—जर्मनी सहकार्यका बारेमा विषेश कुराकानी भएको अधिकारीहरूले जानकारी दिएका छन् ।
दुवै पक्षले भेटवार्ता अत्यन्त फलदायी भएको दाबी गर्दै आगामी दिनमा आपसी सम्बन्ध र सहकार्यमा थप सुधार हुने विश्वास व्यक्त गरेका छन् ।
उनीहरूका बीचमा रुसले युक्रेनमा गरेको आक्रमण, त्यसमा दुई देशले खेल्नुपर्ने भूमिका र त्यसले पार्ने असरका बारेमा पनि छलफल भएको बताइएको छ ।
सोमबार बिहान युरोप प्रस्थान गरेका प्रधानमन्त्री मोदीले युरोपेली देश डेनमार्क, जर्मनी र फ्रान्सको भ्रमण गर्ने तालिका रहेको छ ।
भारतका विदेश सचिव विनयमोहन क्वात्राले दिएको जानकारीअनुसार प्रधानमन्त्री मोदीले यसपटक गर्न लागेको यो युरोप भ्रमणका क्रममा उनले युक्रेनमाथि रुसको हमलाका बारेमा पनि विषेश छलफल गर्नुहुनेछ ।
सोमबार जर्मनी पुगेका प्रधानमन्त्री मोदी त्यसपछि क्रमशः डेनमार्क र फ्रान्सको भ्रमण गर्ने विदेश सचिव क्वात्राले बताए ।
ताजा अपडेट
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
-
सामसङको ग्यालेक्सी बड्स सार्वजनिक, के छन् विशेषता ?
-
कैलालीमा ‘मेस वायर’ तारजाली निर्माण
प्रतिक्रिया