NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

ऊर्जामन्त्री हराएकी सिर्जनाको छिपेको पाटो

स्थापितलाई आफ्नै अभिव्यक्ति भारी, सिंह विश्वस्त

काठमाडौं । नेपालले राष्ट्रपति, संसदको सभामुख र प्रधानन्यायाधीशमा महिला देखिसकेको छ । अब काठमाडौं महानगरपालिकाको मेयरमा पनि पहिलो पटक महिलालाई नै निर्वाचित गराउन पाउने अवसर जनतासामु छ ।

हुन त मेयर पदमा महिलाको पहुँच भरतपुर महानगरपालिकामार्फत भइसकेको छ, जहाँ माओवादी केन्द्रकी रेनु दाहाल मेयर भइसकेकी छिन् र फेरि पनि उनी मेयरकै उम्मेदवार छिन् ।

यो स्थानीय निर्वाचनमा काठमाडौं र भरतपुर महानगरपालिका नै अत्यधिक चर्चाको केन्द्रमा छन्, जहाँ मेयरमा पाँच गठबन्धनबाट महिला उम्मेदवार खडा छन् । भरतपुरबाट रेनु दाहाल र काठमाडौंबाट सिर्जना सिंह ।

दुवै महिला उम्मेदवारमाथि ‘कसैकै छोरी त कसैकी श्रीमती भएकाले टिकट पाएको’ भन्ने आरोप पनि लाग्ने गरेको छ । यद्यपि, राजनीतिक सक्रियताका हिसाबले रेनु र सिर्जना दुवैको पार्टीमा कम योगदान भने छैन ।

शंकरदेव क्याम्पसमा अध्ययनरत रहँदा उनको राजनीतिक सक्रियता प्रखर थियो । ०३९ सालमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा त उनले शंकरदेव क्याम्पसको कोषाध्यक्षमा मौजुदा ऊर्जामन्त्री पम्फा भुसाललाई पराजित गरेकी थिइन्

रेनुको उम्मेदवारी दोस्रो पटक हो भने सिर्जनाको हकमा यो पहिलो चुनावी अनुभव हो । करिब चार दशकअघि नै राजनीतिमा आबद्ध सिर्जनाले यसबीचमा कुनै पद नलिएकाले उनको उतिसारो चर्चा नभएको मात्र हो ।

को हुन् सिर्जना ?

२०३३ सालमा नेपाली कांग्रेसको सदस्यता लिएकी सिर्जनाको राजनीतिक सक्रियता नेपाल महिला संघमा बढ्दै गयो । ०३६ मा गोरखा जिल्ला महिला संघकी सभापति भएकी उनी ०३५ देखि ०३८ सालसम्म महाबौद्ध क्याम्पसको इकाई सभापति थिइन् ।

बीपी कोइरालाको स्वास्थ्य उपचारका लागि चन्दा संकलन अभियानमा ०३७ सालमा पक्राउ परेकी सिर्जना ०३६ सालको जनमत संग्रहमा बहुदलको प्रचार प्रसारमा भिडेकी थिइन् । उनी त्यसबेला गोरखामा बहुदल प्रचारप्रसार समितिको महिला फाँटको अध्यक्षसमेत थिइन् ।

शंकरदेव क्याम्पसमा अध्ययनरत रहँदा उनको राजनीतिक सक्रियता प्रखर थियो । ०३९ सालमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा त उनले शंकरदेव क्याम्पसको कोषाध्यक्षमा मौजुदा ऊर्जामन्त्री पम्फा भुसाललाई पराजित गरेकी थिइन् । त्रिचन्द्र क्याम्पसबाट समाजशास्त्रमा स्नातकोत्तर सिर्जना कांग्रेस नेता प्रकाशमान सिंहसँग विवाह भएपछि भने राजनीतिको लाइमलाइटभन्दा बाहिर रहिन् ।

योबीचमा उनी कुनै पदमा रहिनन् तर राजनीतिक सक्रियता भने टुटेन । सर्वोच्च नेता गणेशमान सिंहकी बुहारीकी रूपमा उनले नेपाली समाजमा आम गृहणीले निर्वाह गर्ने भूमिकालाई पनि उत्तिकै तनमयका साथ निर्वाह गरिन् ।

यसमा कुनै शंका छैन कि ससुरा गणेशमान सिंह, सासू मंगलादेवी सिंह र पति प्रकाशमान सिंहलाई प्रजातन्त्र प्राप्तिको आन्दोलनमा लाग्ने क्रममा सिर्जनाको सहयोगी भूमिका रह्यो । उनी आफैं पनि ०४६ को जनआन्दोलनमा होमिइन् ।

कहिले एमाले, कहिले राजावादी, कहिले माओवादी, कहिले प्रजा परिषद, कहिले संघीय समाजवादी हुँदै फेरि एमालेमा फर्किएका स्थापितको दल बदलु चरित्र, महिला अमैत्री हर्कत र विवादास्पद अभिव्यक्तिले एमालेलाई सकसमा पारेको छ

लामो समय उनी महिला संघको सल्लाहकार रहिन् । उनले पदको आकांक्षा गरेको भए मंगलादेवी सिंहको विरासत थाम्दै महिला संघको अध्यक्ष नै हुन सक्थिन्, तर घरका सबै राजनीतिमा होमिएको बेला कसै न कसैले घर व्यवहारमा केन्द्रित हुनुपर्ने बाध्यताका कारण उनले पद प्राप्तिको चाहनालाई थाती राखेकी थिइन् ।

२०५४ सालदेखि महिला संघ, काठमाडौं जिल्ला समितिको सल्लाहकार भएकी उनी कांग्रेसको ११ औं महाधिवेशनमा प्रतिनिधि बनेकी थिइन् । १२ औं र १३ औं महाधिवेशनमा प्रतिनिधि नभए पनि १४ औं महाधिवेशनमा भने काठमाडौं क्षेत्र नम्बर ७ बाट निर्विरोध महाधिवेशन प्रतिनिधि भएकी थिइन् । अन्ततः लामो समयको गुपचुप राजनीतिपछि सिर्जना यसपालि भने मेयरमै खडा भएकी छन्, केही गर्ने अठोटका साथ ।

व्यक्तित्त्वको कसीमा

काठमाडौं महानगरपालिकाको मेयरमा गठबन्धन उम्मेदवार सिर्जनाको सोझो प्रतिस्पर्धा एमालेका केशव स्थापितसँग छ । एकपल्ट काठमाडौंको मेयर भइसकेका स्थापित कमजोर उम्मेदवार भने होइनन् । राजाको शासनका पालामा समेत ‘टीके मेयर’ भइसकेका स्थापित विभिन्न आकर्षक गफ दिएर मतदातालाई भुलभुलैयामा राख्न खप्पिस मानिन्छन् ।

तर स्थापितका लागि यसपालि चुनाव जित्नु सहज भने छैन । एक त काठमाडौं महानगरपालिकाकै पूर्वकर्मचारी रश्मिला प्रजापति र पत्रकार उज्जवला महर्जनले उनीमाथि यौन दुराचारको आरोप लगाएका छन् । ‘मिटू’ अभियानबाट डामिएका स्थापितको अशिष्ट र अमर्यादित बोलीले पनि उनलाई यतिबेला विवादमा पारिरहेको छ ।

केही दिनअघि नेशनल कलेजमा सम्पन्न कार्यक्रममा स्थापितले आफूलाई प्रश्न सोध्ने भावना राउतलाई ‘यू आर नाइस लेडी, तर थुतुनो ठीक भएन’ भनेपछि स्थापितको व्यापक आलोचना भइरहेको छ । यति मात्र होइन, उनले ‘यो बैनीले वेश्यावृत्ति गर्छ भनेर म पनि पत्रिकामा छपाऊँ’ भनेपछि त झन् उनी आलोचित भइरहेका छन् ।

कहिले एमाले, कहिले राजावादी, कहिले माओवादी, कहिले प्रजा परिषद, कहिले संघीय समाजवादी हुँदै फेरि एमालेमा फर्किएका स्थापितको दल बदलु चरित्र, महिला अमैत्री हर्कत र विवादास्पद अभिव्यक्तिले एमालेलाई सकसमा पारेको छ ।

लोकप्रियताको कसीमा हेर्दा स्थापितभन्दा स्वतन्त्र उम्मेदवार बालेन शाहकै चर्चा बढी छ । हिपहप एवं र्‍याप गायक शाहको सामाजिक सञ्जाल र युवा पुस्तामा केही क्रेज देखिन्छ । लौरो चिह्न पाएका बालेनको अवस्था अहिले ठीक त्यस्तै छ, जस्तो गत निर्वाचनमा विवेकशील नेपालीकी उम्मेदवार रञ्जु दर्शनाको थियो । बालेनले उल्लेखनीय मत ल्याउन सक्छन् । तर, बालेनले पाउने मत निकटतम प्रतिद्वन्द्वी हुनेस्तरको भने हुनेछैन ।

लौरो चिह्न पाएका बालेनको अवस्था अहिले ठीक त्यस्तै छ, जस्तो गत निर्वाचनमा विवेकशील नेपालीकी उम्मेदवार रञ्जु दर्शनाको थियो

गठबन्धनकी सिर्जना सिंहको छवी भने अन्य प्रतिस्पर्धीको दाँजोमा शान्त, शालीन, स्वच्छ र निर्विवाद देखिन्छ । महिला जनप्रतिनिधि चुनिएका विभिन्न निकायको कार्य प्रगतिका कारण पनि काठमाडौंमा यसपालि महिलालाई मेयर बनाउनुपर्छ भन्ने एउटा मत बलियो बन्दै गएको छ ।

अघिल्लो कार्यकालमा पनि देशभरका महानगरपालिकामध्ये तुलनात्मक रूपमा महिला निर्वाचित भरतपुर अगाडि देखिएकाले स्थानीय तहको विकास निर्माण र अन्य समस्या समाधानमा महिलाको नेतृत्व प्रभावकारी हुनसक्ने विश्वास आम जनतामा बढ्दै गएको देखिन्छ, जुन सिर्जनाको ‘प्लस प्वाइन्ट’ हो ।

चाक्सीबारी नेपाली राजनीतिक परिवर्तनका लागि भएका आन्दोलनहरूको केन्द्र हुँदै आएको छ । २००७ सालको क्रान्तिदेखि गणेशमान सिंहको योगदानको ऐतिहासिक आलोकमा चाक्सीबारीस्थित सिंह निवास लोकतन्त्रबादीहरूको सार्थक आश्रय, सक्रियता र सन्देशको केन्द्र बन्दै आएको हो ।

चाक्सीबारीको यही गौरवमय लिगेसी बोकेकी सिर्जनामा असल राजनीतिक संस्कार पनि विरासतबाटै प्राप्त छ । मेयर भएपछि उनलाई दायाँ–बायाँ गर्न या पूर्वमेयरहरूझैं विवादमा आउन पारिवारिक पृष्ठभूमिले दिँदैन । एक त उनको स्वभाव सरल, स्पष्ट, इमानदार नै देखिन्छ, अर्को उनले गणेशमान र मंगलादेवीकी बुहारी र प्रकाशमानकी श्रीमती हुनुको इज्जतलाई पनि जोगाउनु छ । अर्थात् घरानाको साख बरकरार राख्नुपर्ने भएकाले ‘जुन जोगी आए पनि कानै चिरेको’ उक्ति चरितार्थ गर्ने छुट उनलाई छैन ।

यसर्थ मेयर भएपछि उनीबाट महानगरको विकासमा सार्थक योगदान पुग्ने विश्वासको आधार पनि परिवार नै हो । यद्यपि, यही परिवारलाई कतिपयले आलोचनाको विषय पनि बनाएका छन् । तर, राजनीतिमा ऐतिहासिक गौरव कायम गरेको परिवारकै भएकाले सिर्जनालाई झन् बढी इमानदार, प्रतिबद्ध र जनताप्रति उत्तरदायी बनाउँछ भन्ने पनि स्पष्टै छ ।

सिर्जना सिंहको अर्को सकारात्मक पक्ष उनको नम्र र शिष्ट बोली पनि हो । नेपाली राजनीतिमा अहिले तिक्त गाली गलौज र अभद्र आलोचनाको बाढी आएको छ ।

नेताहरूबीच चर्को आरोप प्रत्यारोप चलीरहेको छ । कतै गालीगलौज छ भने कतै मोनो रेल र स्मार्टसीटीका हावादारी गफ सुन्दा सुन्दा महानगरबासी आजित भइसकेका छन् ।

यस्तोमा उम्मेदवार सिर्जनाले चाहिँ काठमाडौंको वास्तविक समस्या पहिल्याउँदै नम्र बोलीका साथ आफ्नो प्रचार अभियान चलाइरहेकी छन् । हावादारी गफ पनि दिएकी छैनन् । उनका चुनावी भाषणमा प्रतिद्वन्द्वी उम्मेदवारहरूप्रति अप्रिय शब्द अहिलेसम्म उच्चारण भएको पाइँदैन । काठमाडौंमा सामाजिक सुरक्षा, सरसफाइ, फोहर व्यवस्थापन, सडकको स्तरोन्नतिलगायतका विषयमा उनले आफ्ना धारणा राखिरहेकी छन्, जसले काठमाडौंका बासिन्दालाई आकर्षित गरिरहेको पाइन्छ ।

एक त उनको स्वभाव सरल, स्पष्ट, इमानदार नै देखिन्छ, अर्को उनले गणेशमान र मंगलादेवीकी बुहारी र प्रकाशमानकी श्रीमती हुनुको इज्जतलाई पनि जोगाउनु छ । अर्थात् घरानाको साख बरकरार राख्नुपर्ने भएकाले ‘जुन जोगी आए पनि कानै चिरेको’ उक्ति चरितार्थ गर्ने छुट सिर्जनालाई छैन

काठमाडौंका महिलामाझ सिर्जना त्यसै पनि लोकप्रिय छिन् । काठमाडौं महानगरपालिकाले पहिलो महिला मेयर पाउनसक्ने सम्भावनाका कारण महिला पंक्तिमा उत्साह छाएको छ । महिला मेयर भएमा आफ्ना समस्या व्यवस्थापन गर्न सहज हुनेमा पुरुषहरूसमेत विश्वस्त छन् । सिर्जनाको चुनावी अभियानमा महिलाकै सहभागिता व्यापक देखिन्छ । नीति निर्माण र निर्णायक तहमा महिलाको पहुँच भएको देख्न चाहने समग्र महिलाका लागि सिर्जनाको उम्मेदवारीले आशा जगाएको छ ।

काठमाडौं भनेको पहिलेदेखि नै नेपाली कांग्रेसको राम्रो जनाधार भएको क्षेत्र पनि हो । गत ०७४ को निर्वाचनमा एमालेबाट विद्यासुन्दर शाक्य मेयर हुँदा उपमेयरमा भने कांग्रेसकै हरिप्रभा खडगीले जितेकाले कांग्रेसको जनाधार बलियो देखिन्छ । यसबीचमा थपिएका मतदातामा पनि कांग्रेसको पकड कमजोर देखिँदैन ।

सिर्जनाको सकारात्मक आधार के पनि हो भने निवर्तमान मेयर एमालेका पालामा केही यस्ता काम भए, जसले काठमाडौंबासीलाई चिढयाएको छ । पहिलो त मेयर शाक्यले बाचा गरेअनुरूपका कुनै काम फत्ते गरेनन् । अर्को काठमाडौंको मौलिक सस्कृति, सम्पदा र परम्परामाथि धावा बोल्ने काम पनि भयो ।

रानीपोखरी र कमलपोखरी निर्माणमा ऐतिहासिक मौलिक शैली भत्काउने कोसिस गरियो । गुठी विधेयक ल्याएर काठमाडौंका नेवार समुदायको लिच्छवीकालदेखिको संस्कृतिमाथि प्रहार गर्न खोजियो । धरहरा निर्माणमा मौलिकपनलाई उपेक्षा गरेर कर्पोरेट भवनको रूप दिने कोसिस गरियो । यी सबै गतिविधिका कारण एमाले नेतृत्वको महानगरपालिका बदनाम भएको छ । यसको लाभ पनि सिर्जनालाई हुने देखिन्छ ।

तर सबैभन्दा ठूलो साकारात्मक पक्ष भनेको उनी गठबन्धन उम्मेदवार हुनु नै हो । विगतमा एक्लै चुनाव लड्दा त काठमाडौंमा उपमेयरमा जित्नसक्ने कांग्रेसलाई यसपालि माओबादी केन्द्र र एकीकृत समाजवादीको पनि समर्थन छ । जनता समाजवादी र जनमोर्चाको भोट पनि उनैमाथि खप्टिनेछ ।

सिंहको उम्मेदवारीप्रति पाँच दलीय गठबन्धन र कांग्रेस पार्टीसमेत एकढिक्का भएकाले सिर्जनाको भोट बैंक यताउता हुने देखिँदैन । काठमाडौवासीलाई आन्दोलित पार्ने
गुठी विधेयक, बारम्बारको संसद् विघटन र हावादारी गफ दिने प्रतिनिधि चरित्र बोकेको एमाले उम्मेदवार स्थापितको विवादास्पद छविसामु सिर्जनाको शालीन व्यक्तित्व र एकढिक्का भएको पाँच गठबन्धनको आधार निकै बलियो देखिन्छ ।

मतको हिसाब–किताब

सिर्जनाले चाहिँ काठमाडौंको वास्तविक समस्या पहिल्याउँदै नम्र बोलीका साथ आफ्नो प्रचार अभियान चलाइरहेकी छन् । हावादारी गफ पनि दिएकी छैनन् । उनका चुनावी भाषणमा प्रतिद्वन्द्वी उम्मेदवारहरूप्रति अप्रिय शब्द अहिलेसम्म उच्चारण भएको पाइँदैन

०७४ को निर्वाचनमा काठमाडौंमा नेकपा एमालेका विद्यासुन्दर शाक्य ६४ हजार ९१३ मत पाएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजुराज जोशीले ४५ हजार २६९ मत पाएका थिए ।

त्यसैगरी विवेकशील नेपालकी रञ्जु दर्शनाले २३ हजार ४३९ मत तथा स्वतन्त्र उम्मेदवार किशोर थापाले १८ हजार ४९६ मत पाएका थिए । माओवादी केन्द्रका सर्वोत्तम डंगोलले ७ हजार ९०६ मत पाएका थिए भने नयाँ शक्तिका पवित्र बज्राचार्यले ६ हजार ५० मत पाएका थिए ।

यसपालि यो गणितमा व्यापक फेरबदल हुँदैछ । अघिल्लो निर्वाचनमा विवेकशीलकी रञ्जुले पाएको २३ हजार र साझा पार्टीका किशोर थापाले पाएको १८ हजार गरी कूल ४१ हजार मतको हिसाब गरौं । वैकल्पिक शक्तिका नाममा उतिबेला रञ्जु र किशोरले नेपाली कांग्रेसकै भोट काटेको देखिन्छ । तर, यसपालि यी दुवै उम्मेदवार नबनेकाले यो मतमध्ये अधिकांश कांग्रेसमै फिर्ता हुने आकलन गरिएको छ, जसको सोझो लाभ सिर्जनालाई हुनेछ । माओवादीको ७ हजार र नयाँ शक्तिको ६ हजार भोट गठबन्धनकै भागमा परिहाल्यो ।

काठमाडौं महानगरपालिकामा ०७४ सालमा २ लाख ७९ हजार ३०९ मतदाता थिए भने यसपटक मतदाता संख्या ३ लाख २ सय ४२ छन् । काठमाडौंमा थपिएका २० हजार ९३३ मतदातामा प्रभाव पार्नसक्ने अर्को कुनै शक्ति अहिले देखानपरेकाले यो मत पनि गठबन्धन उम्मेदवारकै पोल्टामा पर्ने अनुमान छ ।

यसरी हेर्दा विवादास्पद, अस्थिर, महिलामाझ अलोकप्रिय र टेष्टेड उम्मेदवार स्थापितको दाँजोमा विवादरयिहत, शिष्ट, शालीन र महिलामाझ लोकप्रिय सिर्जना सिंहको सम्भावना बलियो छ । यसपालि काठमाडौंमा एमाले र राप्रपाको तालमेल नहुनु र कांग्रेसको उम्मेदवारलाई गठबन्धनको समर्थन रहनु नै सिर्जनाको मुख्य प्लस प्वाइन्ट हो । तर, परिणामको अन्तिम निर्माता त जनता जनार्दन नै हुन, उनीहरूको रुझान थाहा पाउन आगामी जेठ ५ गतेसम्म पर्खनैपर्छ ।

ताजा अपडेट

नेपालवाच विशेष