डेथ रोड : विश्वको सबैभन्दा डरलाग्दो राजमार्ग

काठमाडौं । मध्य अमेरिकी देश बोलिभियाको ६९ किलोमिटर लामो नर्थ युंगास रोडलाई विश्वको सबैभन्दा खतरनाक सडक मानिन्छ । पाराग्वे युद्धका कैदीहरूले बनाएको यो राजमार्गमा दुर्घटनामा धेरै मानिसहरुले ज्यान गुमाएपछि अन्तर अमेरिकी विकास बैंकले यसलाई विश्वको सबैभन्दा खतरनाक सडक भनेकाे छ । यसलाई ‘डेथ रोड’ पनि भनिन्छ ।
साइकल यात्रीले मात्र यो सडकमा सुरक्षित भएर चलाउन सक्छन् । दुर्घटनाका कारण यस सडकमा वर्षेनी २०० देखि ३०० जनाको मृत्यु हुने गरेको छ । सडक चिप्लाे भएकाले पनि अधिकांश दुर्घटना ओभरलोड र स्लिपका कारण हुने गरेको छ ।
सवारीसाधन चलाउने क्रममा गाडीको टायर चिप्लिएर भिरमा खस्न सक्छ । यसको ढलान साँघुरो र खतरनाक छ । कयौं ठाउँमा दुईवटा गाडी पास हुन पनि सक्दैनन् । यो सडक समुन्द्र सतहबाट १५ हजार ४ सय फिटको उचाइमा छ । यहाँ हरेक वर्ष दुई सयदेखि तीन सय मानिसको मृत्यु हुने गरेको छ ।
चिप्लिएर धेरै सवारी साधन सयौं फिट तल खसेका छन् । जोखिम मनपराउने साहसी चालकका लागि मनपर्ने गन्तव्य हो । सन् २००६ सम्म, उत्तर युंगास रोड कोरोइदेखि देखि ला पाजसम्म पुग्ने एक मात्र मार्ग थियो । सडकमा एक लेनमात्र थियाे । मानिसहरू बाध्यताले त्यस सडकबाट यात्रा गर्नु पर्थ्याे ।
यो सडक सन् १९३० मा ब्राजिलसँग भएकाे चाेको युद्धका बेला पराग्वेका कैदीहरूले बनाएका थिए । पहाडी भूभागले घेरिएको सडक अमेजन वनलाई राजधानी सहरमा जोड्छ ।
अन्ततः, २००९ मा, सरकारले नजिकैको पहाडमा नयाँ सडक मात्र खोल्यो । नयाँ राजमार्ग दुई लेन भएको र राम्रोसँग मर्मत गरिएको छ ।
उत्तरी युंगासमा पनि अहिले दुईवटा ड्राइभिङ लेन, नयाँ फुटपाथ, ड्रेनेज सिस्टम र रेलिङहरू छन् । मानिसहरू यही सडकबाट आफ्नो गन्तव्य पुग्न चाहन्छन् ।
प्रतिक्रिया