विषाक्त खाद्य पदार्थका कारण ३५ जनाको मृत्यु
सिन्ह्वा । विषाक्त खाद्य पदार्थका कारण किर्गिस्तानमा ३५ जनाको मृत्यु भएको छ । एकै खाद्य पसलका खाना खाँदा उनीहरुको मृत्यु भएको सरकारी अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।
विषाक्त खाद्य पदार्थका कारण अरु १८ जना १४ वर्षभन्दा कम उमेरका बालबालिका बिरामी भएका छन् । उनीहरूको विभिन्न अस्पतालमा उपचार भरहेको र अवस्था स्थिर रहेको स्वास्थ्यकर्मीले जानकारी दिएका छन् ।
विषाक्त खाद्यपदार्थ बेच्ने पसलेलाई प्रहरीले नियन्त्रण लिएर कारबाही प्रक्रिया सुरु गरेको प्रहरी अधिकारीहरूले जनाएका छन् ।
प्रहरीले विषाक्त खाद्य पदार्थ विक्री वितरण गर्ने पसल बन्द गरिदिएको छ भने खाद्य पदार्थका एक हजार पोका बरामद पनि गरेको छ ।
ताजा अपडेट
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
ग्राहकका लागि निःशुल्क ‘एयरब्याग सेफ्टी रिकल’ सेवा सञ्चालन गर्दै होण्डा
-
सुनको मूल्य ५ हजार ४०० रुपैयाँले बढ्यो
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्ने


प्रतिक्रिया