NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

विषाक्त खाद्य पदार्थका कारण ३५ जनाको मृत्यु

सिन्ह्वा । विषाक्त खाद्य पदार्थका कारण किर्गिस्तानमा ३५ जनाको मृत्यु भएको छ । एकै खाद्य पसलका खाना खाँदा उनीहरुको मृत्यु भएको सरकारी अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।

विषाक्त खाद्य पदार्थका कारण अरु १८ जना १४ वर्षभन्दा कम उमेरका बालबालिका बिरामी भएका छन् । उनीहरूको विभिन्न अस्पतालमा उपचार भरहेको र अवस्था स्थिर रहेको स्वास्थ्यकर्मीले जानकारी दिएका छन् ।

विषाक्त खाद्यपदार्थ बेच्ने पसलेलाई प्रहरीले नियन्त्रण लिएर कारबाही प्रक्रिया सुरु गरेको प्रहरी अधिकारीहरूले जनाएका छन् ।

प्रहरीले विषाक्त खाद्य पदार्थ विक्री वितरण गर्ने पसल बन्द गरिदिएको छ भने खाद्य पदार्थका एक हजार पोका बरामद पनि गरेको छ ।