NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २६ गते

व्यक्तिगत आयकरको सीमा बढाउने तयारी

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष ०७९/८० को बजेटमार्फत व्यक्तिगत आयकरको सीमा बढाउने तयारी गरेको छ । हाल व्यक्तिका हकमा चार लाख र दम्पतीका हकमा चार लाख ५० हजारको आम्दानीसम्म १ प्रतिशत कर लाग्ने व्यवस्था छ ।

बजेटमार्फत कर छुटको सीमा ५० हजारदेखि एक लाखसम्मले बढाउने तयारी गरिएको अर्थ मन्त्रालयका एक उच्च अधिकारीले बताए ।

‘पारिश्रमिकमा आधारित व्यक्तिगत आयमा लाग्ने करको सीमा परिवर्तन गराउन चौतर्फी दबाब छ, सर्वसाधारणदेखि निजी क्षेत्र र कर्मचारीले समेत सीमा बढाउन माग गरेका छन्,’ उनले भने, ‘सबैको माग र सुझावका आखधारमा व्यक्तिगतका हकमा पाँच लाख र दम्पतीका हकमा पाँच लाख ५० हजार रुपैयाँको आम्दानीमा कर नलाग्ने व्यवस्था ल्याउने तयारी भइरहेको छ ।’

करलाई थप प्रगतिशील बनाएर सीमालाई अझ विस्तार गर्ने विषयमा समेत छलफल भइरहेको उनले बताए । ‘यो उच्च तहमा भएको छलफल हो । बजेट निर्माणको प्राविधिकस्तरमा पुगिसकेको छैन । बजेट लेखनतमा यस्ता अन्तिम बेलामा समेटिन्छन्,’ उनले भने ।

तीन आर्थिक वर्षयता आयकरको सीमा स्थिर छ । तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष ०७५÷७६ को बजेटमार्फत व्यक्तिगत आयकरको सीमा बढाएका थिए । त्यसअघि व्यक्तिका हकमा तीन लाख ५० हजार रूपैयाँसम्म र दम्पतीका हकमा चार लाख ५० हजार रुपैयाँ आम्दानीमा कर नलाग्ने व्यवस्था गरेका थिए । तर त्यसयता तीनवटा बजेटले आयकरको तल्लो सीमामा कुनै हेरफेर गरेको छैन । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।