NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २६ गते

हेर्नुहोस् आइतबार काठमाडौंबाट प्रकाशित अखबारका फ्रन्टपेज

काठमाडौं । स्थानीय तह निर्वाचनसँग सम्बन्धित सामग्रीले आज पनि दैनिक अखबारहरू रंगिएका छन् । कुनैको नजर मतदाता शिक्षामाथि परेको छ भने कुनैले मताधिकारबाट वञ्चितबारे समाचार बनाएका छन् ।

त्यसो त, साताको दुई दिन सार्वजनिक बिदाले पार्ने प्रभाव, मनसुनलगायत विषयमाथि समेटिएका छन् ।

कान्तिपुर दैनिकले ‘मताधिकारै नहुनेलाई विस्मात्’ शीर्षकमा मुख्य समाचार बनाएको छ । समाचारअनुसार कतिपय भूमिहीनसँग नागरिकता नभएकाले मतदाता सूचीमा नाम छैन । घुम्ती टोली आएका बेला मजदुरीमा गएकालेख कतिपय वस्तीका अधिकांश नाम छुटेको छ भने कतिपय गाउँमा आयोगको टोली नै पुगेको छैन ।

नयाँ पत्रिका दैनिकको नजरचाहिँ बदर हुने मतमाथि परेको छ । उसले पाँच लाखभन्दा बढी मत बदर हुने प्रक्षेपण गरेको छ ।

२०३६ सालयताका हरेक निर्वाचनमा औसत ७० प्रतिशत मत खस्दा ४ देखि ५ प्रतिशत मत बदर भएको छ । यसपटक एक करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता छन् । ६० प्रतिशत मात्र मत खसे पनि पाँच प्रतिशत बदर हुँदा पाँच लाखभन्दा बढी भोट खेर जान्छ ।