अमेरिकामा सडक मानवकाे मृत्यु दर अत्यधिक बढ्यो

वासिंटन । गत वर्ष कोरोना महामारीका बीच अमेरिकाको लस एन्जलस काउन्टीमा दैनिक औसत ५ जना घरबारविहीनले ज्यान गुमाएका थिए । घरबारविहीन मानिसमा गरिएको एक अध्ययनमा यो जानकारी आएको हो ।
अध्ययन प्रतिवेदनका सहलेखक मारिया रेभानका अनुसार एकै दिनमा यति धेरै मृत्यु भएको तथ्यांक युद्धको समयमा पनि आउँदैन ।
लस एन्जलस काउन्टीको तथ्यांकअनुसार गत वर्ष २८७ घरबारविहीन मानिसहरु फुटपाथमा मृत्यु भएको थियो । जसमध्ये २४ जना सडकमा र ७२ जना सडक छेउमा मृत फेला परेका थिए । अमेरिकी सहरहरूमा घरबारविहीन मृत्यु एक महामारीको रूपमा जारी छ । मृत्यु हुनेमा ५० देखि ६० वर्ष उमेर समूहका नागरिकको संख्या बढी छ ।
कोरोनाको समयमा पनि घरको मूल्यवृद्धिका कारण घरबारविहीन हुनेको संख्या ह्वात्तै बढ्यो । यसमा पनि राज्य प्रशासनहरुले खासै वास्ता गरेको देखिँदैन ।
अस्टिन, डेनभर, न्यासभिल, साल्ट लेक सिटी, सान फ्रान्सिस्को जस्ता सहरहरूमा घरबारविहीन व्यक्तिहरूको मृत्युको संख्या तीव्र रूपमा बढेको छ । लस एन्जलस काउन्टीले सन् २०१५ देखि २०२० सम्म घरबारविहीन मृत्यु दरमा २०० प्रतिशतले वृद्धि भएको छ ।
यसरी सडकमै बस्नेहरुको अत्यधिक मृत्यु हुनुको पछाडि फेन्टानाइल औषधि रहेको बताइएको छ । यसबाहेक मदिरा सेवन, अत्यधिक चिसो र मुटुरोगका कारण पनि मृत्युदर बढेको हुन सक्छ ।
उही समयमा, लस एन्जलस काउन्टीमा उनीहरूको जनसंख्या पनि ५० प्रतिशतले बढेको छ । अधिकांश घरबारविहीन जनसंख्या ५० वर्षभन्दा माथिका छन् ।
प्रतिक्रिया