पूर्वप्रमुख आयुक्त यादवको निष्पक्षतामाथि आयाेगकै शंका

काठमाडौं । निर्वाचन आयोगले आफ्नै पूर्वप्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवको निष्पक्षतामाथि शंका गरेको छ ।
आयोगले यादवलाई पर्यवेक्षकको रूपमा अनुमति दिन अस्वीकार गर्दै उनको निष्पक्षतामाथि शंका गरेका हो ।
पर्यवेक्षकको भूमिका निर्वाह गर्ने व्यक्ति कुनै पनि दलमा आवद्ध भएको हुनु हँदैन । तर, यादव कुनै राजनीतिक दलको विभागमा आवद्ध भएकोबारे आपत्ति जनाउँदै उनलाई पर्यवेक्षकको रूपमा अस्वीकृत गरिएको हो ।
निर्वाचनको बेलामा आयोगले पूर्वन्यायाधीश, संवैधानिक निकायका अधिकारी तथा अवकाश पाइसकेका विशिष्ठ श्रेणीका कर्मचारीलाई विशेष पर्यवेक्षकको अनुमति दिँदै आएको छ ।
माओवादीको केन्द्रीय निर्वाचन विभागको सदस्यमा यादवको नाम उल्लेख भएको पाएसँगै उनको नाम अस्वीकृत भएको हो ।
यता यादवले भने आयोगले आफ्नो नाम अस्वीकार गरेर आफूमाथि घोर अन्याय गरेको नेपालवाचलाई बताए । उनका अनुसार पार्टीले उनको स्वीकृतिबिना नै नाम सूचीमा राखेको हो ।
‘मलाई थाहै नदिइ उक्त सूचीमा मेरो नाम राखिएको रहेछ,’ उनले भने, ‘कुन पार्टीले मेरो नाम राखेको रहेछ यसबार मलाई नै कुनै जानकारी छैन ।’
ताजा अपडेट
-
वायुसेवा निगमको सदृढीकरण अपरिहार्यः पर्यटनमन्त्री पाण्डे
-
निजामती विधेयकमा उठेका विषयमा छानबिन गर्न सभामुखलाई आग्रह
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
-
सभापति खतिवडाले राजीनामा दिनुपर्छ: माओवादी केन्द्र
-
दक्षिणी भारतको एक औषधि कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु
प्रतिक्रिया