यही हो मदन भण्डारी चढेको गाडी

काठमाडौं । तत्कालीन नेकपा (एमाले)का महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० जेठ ३ गते चितवनको दासढुंगामा दुर्घटनामा परी निधन भयो ।
पार्टीको कार्यक्रमका क्रममा चितवनबाट पोखरा जाने क्रममा उनीहरू सवार जिप दुर्घटना भएको थियो ।
घटनामा दुई नेताको निधन भए पनि चालक अमर लामा भने बाँचेका थिए । यसर्थ, यस घटनालाई रहस्यमय मानिएको छ ।
सोही दिन मदन–आश्रित चढेको गाडी अहिले मोरङको उर्लाबारीस्थित मदन भण्डारी संग्रहालयमा राखिएको पाइएको छ ।
उर्लाबारीको मंगलबारेस्थित संग्रहालयमा राखिएको बा अ च ८७९३ नम्बरको उक्त जिपको तस्बिर एमाले सचिव योगेश भट्टराईले सामाजिक सञ्जालमा राखेका छन् ।
उक्त गाडी निकै पुरानो भएको देखिन्छ । साथै, गाडीको अधिकांश भाग चकनाचुर भएको छ ।
संग्राहलय परिसरमा स्व. नेता भण्डारीको शालिक पनि राखिएको छ ।
ताजा अपडेट
-
काठमाडौँ महानगरमा कक्षा ११ मा पढ्ने विद्यार्थीका लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला
-
नक्सालमा जनकपुरे माछा
-
किवीखेतीबाट गाउँमै भविष्य खोज्दै युवा
-
ताप्लेजुङमा पहिरोले घर पुरिँदा चार जना घाइते
-
राष्ट्रिय प्रसारण ‘ग्रीड कम्पनी’ र पाँच जलविद्युत् कम्पनीबीच ‘ग्रीड कनेक्सन’ सम्झौता
प्रतिक्रिया