ट्वीटरमा लगाएको ट्रम्पविरुद्धको प्रतिबन्ध हटाइने
काठमाडौं । टेस्लाका सिइओ एलन मस्कले मंगलबार फाइनान्सियल टाइम्ससँगको अन्तर्वार्तामा पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि लगाइएको ट्वीटर प्रतिबन्ध हटाउने बताएका छन् । ४४ अर्ब डलरमा ट्वीटर किन्ने सम्झौता गरेका मस्कले आफूलाई ‘स्वतन्त्र अभिव्यक्ति’को समर्थकको रुपमा व्याख्या गर्दै आइरहेका छन् ।
उनले सुरु देखि नै ट्रम्पलाई सधैंका लागि प्रतिबन्ध लगाउने निर्णयको आलोचना गरेका छन् ।
फाइनान्सियल टाइम्सलाई दिएको अन्तर्वार्तामा उनले ट्रम्पमाथि लगाइएको प्रतिबन्ध हटाउने आफ्नो धारणाको पक्षमा तर्क गर्दै भने, ‘ट्वीटरमा ट्रम्पका वास्तविक फलोअरहरू छन् । यस्तो अवस्थामा, तिनीहरूलाई प्लेटफर्मबाट हटाउनाले ती सबै प्रयोगकर्ताहरूको ट्वीटरमा विश्वास कमजोर हुन्छ । सबैलाई आफ्नो मनको कुरा गर्ने अधिकार छ । यदि कुनै ट्वीट विवादास्पद छ वा मानिसलाई गलत सन्देश दिन्छ भने, त्यो ट्वीट हटाउनु पर्छ वा यसको पहुँच कम गर्नुपर्छ । मैले यसबारे ज्याक डोर्सीसँग कुरा गरेँ र उनी पनि कसैलाई पूर्ण रूपमा प्रतिबन्ध लगाउनु उचित होइन भन्ने विश्वास गर्छन् । यो एक मूर्ख निर्णय थियो ।’
Important to listen to my full explanation
— Elon Musk (@elonmusk) May 10, 2022
सन् २०२१ को जनवरी ६ मा अमेरिकाको क्यापिटल हिलमा भएको हिंसापछि ट्रम्पको ट्वीटर स्थायी रूपमा बन्द गरिएको थियो । ट्वीटरले आफ्नो निर्णय पछि हिंसा भड्काउने जोखिमलाई उद्धृत गरेको छ ।
यद्यपि ट्रम्पले फक्स न्युजसँगको अन्तर्वार्तामा मस्कले आफ्नो खाता पुनर्स्थापना गरे पनि आफू ट्विटरमा नफर्किने बताएका छन् । ट्रम्पले आफू ट्रुथ सोसल नामको आफ्नै सोसल मिडिया एप प्रयोग गर्ने बताएका थिए ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया