के काठमाडौंको मतगणना आज होला ?

काठमाडौं । काठमाडौं महानगरपालिकाको आज मतगणना हुने सम्भावना निकै कम रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
हालसम्म सर्वदलीय कैठक नबसेका कारण मतगणनाको टुंगो लाग्न नसकेको हो ।
अझै केही प्रक्रिया पूरा हुन बाँकी रहेको अवस्था हुँदा आजै मतगणना हुने नहुनेबारे अन्यौलको स्थिती रहेको छ ।
काठमाडौं महानगरपालिकामा आज ६० प्रतिशतमात्रै मत खसेको छ ।
ललितपुर महानगरपालिकामा भने भोलि मतगणना हुने जनाइएको छ ।
प्रतिक्रिया