NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

बाहिरी क्षेत्रमा बालेनको बर्चश्व, कोर-एरिया निर्णायक

काठमाडौं । काठमाडौं महानगरपालिको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह बालेनले फराकिले अग्रता लिएका छन् ।

बालेनले एमालेका उम्मेदवार केशव स्थापितलाई १४६५ मतले पछि पारेका छन् । बालेनले ३११० मत ल्याउँदा स्थापितले १६४५ मतमात्र ल्याएका छन् ।

कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १६०२ मत ल्याएकी छिन् ।

काठमाडौं महानगरका बाहिरी क्षेत्रका पाँचवटा वडा गणना गर्दा सबैतिर बालेन अगाडि छन् ।

तर, १७, १८, १९, २०, २१, २२, २३, २४, २५ र २७ मा गणना भएको छैन । यी सबै वडा कोर नेवार बस्ती भएका क्षेत्र हुन् । यसर्थ, यी वडा निर्णायक हुने अनुमान गरिएको छ । यी वडामा पनि सन्तुलित मत ल्याए बालेन विजयी हुनेछन् ।

यी क्षेत्रमा पनि बालेनले सन्तुलित मत ल्याउने विभिन्न सर्वेक्षणले देखाएको छ ।