काठमाडौं महानगर अपडेट : बालेन स्थापितभन्दा ३ हजार ७३ मतले अगाडि

काठमाडाैं । काठमाडौं महानगर पालिकाको मेयरमा स्वतन्त्रका बालेन शाहले फराकिलो अग्रता लिएका छन् ।
बालेनले पछिल्लो अपडेट अनुसार ६४८६ मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहका एमालेका केशव स्थापित तीन हजार ७३ मत अन्तरले पछाडि परेका छन् । स्थापितले ३४१३ मत ल्याएका छन् ।
मतगणनाका क्रममा बालेन सुरुदेखि नै अग्रतामा छन् ।
कांग्रेसकी सिर्जना सिंह तेस्रो स्थानमा छिन् । उनले ३ हजार ९ मत ल्याएकी छिन् ।
प्रतिक्रिया