माछापुच्छ्रे गाउँपालिकामा कांग्रेसका मिनबहादुर र रुपामा एमालेका नवराज निर्वाचित
पोखरा । स्थानीय तहको निर्वाचन अन्तर्गत कास्कीको माछापुच्छ्रे गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका मिनबहादुर गुरुङ निर्वाचित भएका छन् ।
गुरुङले नेकपा एमालेका विक्रम गुरुङलाई ४ सय ८२ मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन। मिनबहादुरले ५ हजार ९ सय ८१ मत प्राप्त गरे भने विक्रमले ५ हजार ५ सय १५ मत प्राप्त गरेका छन् ।
त्यसैगरी उपाध्यक्षमा कांग्रेसकै सीता अधिकारी निर्वाचित भएकी छिन् । उनले नेकपा एमालेकी सीता तिवारीलाई ४ सय २५ मतान्तरले पराजीत गरेकी हुन् । अधिकारीले ५ हजार २ सय ७५ मत प्राप्त गर्दा तिवारीले ४ हजार ८ सय ९७ मत प्राप्त गरेकी हुन । त्यसैगरी रुपा गाउँपालिकाको अध्यक्षमा नवराज ओझा निर्वाचित भएका छन् ।
उनी कांग्रेसकी गीमाया गुरुङलाई एकहजार ६ सय १२ मतान्तरले पराजित गर्दै निर्वाचित भएकी हुन । ओझाले पाँचहजार सातसय ४९ मत प्राप्त गरेका थिए भने कांग्रेसकी गुरुङले चारहजार १ सय ३७ मत प्राप्त गरेकी थिइन ।
त्यसैगरी उपाध्यक्षमा नेकपा एमालेका लालसुब्बा गुरुङले पाँचहजार तीनसय ३२ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनले कांग्रेसका नारायण श्रेष्ठलाई एक हजार एक सय ७९ मतान्तरले पराजित गरेका हुन । श्रेष्ठले ४ हजार एक सय ५३ मत प्राप्त गरेका थिए। कास्कीका चार गाउँपालिकामध्ये दुईको नतिजा आउन बाँकी रहेकाे निर्वाचन आयोगले जनाएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया