NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ४ गते

खाद्य चुनौतीको सम्बोधन गर्न अमेरिका र इयुले संयुक्त संयन्त्र बनाउने

वाशिंटन । युक्रेनमा जारी द्वन्द्वको बीचमा सम्भावित विश्वव्यापी खाद्य चुनौतीहरूको प्रतिक्रिया विकास गर्न अमेरिका र युरोपेली संघले व्यापार तथा प्रविधि परिषद् (टीटीसी) भित्र नीतिगत संवाद स्थापना गर्न लागेको अमेरिकी प्रशासनका वरिष्ठ अधिकारीले पत्रकारलाई जानकारी दिएका छन् ।

अमेरिका, युरोपेली आयोग, र युरोपेली काउन्सिलद्वारा ट्रान्सएट्लान्टिक व्यापार र लगानी प्रवर्द्धन गर्न गत गृष्ममा स्थापित युस-इयु टिटिसीले पेरिस, फ्रान्सनजिकैको सेगवे टेक्नोलोजी हबमा मे १५-१६ सम्म आफ्नो दोस्रो मन्त्रीस्तरीय बैठक गर्दैछन् ।

‘युस-इयु टिटिसी ले युक्रेनमा रुसी आक्रमणका कारण उत्पन्न भएको विश्वव्यापी खाद्य सुरक्षा चुनौतीहरूको प्रतिक्रिया विकास गर्ने उद्देश्यले नीतिगत संवाद स्थापना गर्दैछौं’ अधिकारीले भने ।