भरतपुरमा मतगणना स्थगित हुनुको कारण यस्तो
काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको मतगणना विवादपछि स्थगित भएको छ ।
सत्तारूढ गठबन्धनमाथि नेकपा एमालेले धाँधलीको आरोप लगाएपछि त्यहाँ मतगणना स्थगित भएको हो ।
धाँधलीको आरोपसँगै एमालेका प्रतिनिधि मतगणनास्थल छाडेर बाहिरिएका छन् ।
स्वस्तिक छाप धमिलो भएको मतपत्र एक कर्मचारीले सदर गरेपछि एमालेका कार्यकर्ताले बदर हुनुपर्ने माग गर्दै मतदानस्थल छोडेका हुन् ।
सोमबार एमालेले गठबन्धनमाथि धाँधलीको आरोप लगाएपछि दुईपटक मतगणना स्थगित भएकोमा दुवैपटक सहमतिमा पुनः सुरु भएको थियो ।
चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी पुत्री रेनु दाहालसँगै एमालेबाट विजय सुवेदी उम्मेदवार छन् । कांग्रेसबाट टिकट नपाएपछि त्यहाँ बागी उम्मेदवार बनेका जगन्नाथ पौडेलले रेनुलाई मत बढाउनबाट रोकिरहेका छन् । झिनो मतान्तरसहित लिड गरिरहेकी रेन दाहालको ५३१३, सुवेदीको ५३१० र पौडेलको २५३६ छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया