भरतपुरमा रेनुलाई ११०० बढीको अग्रता

काठमाडौं । सबैभन्दा चर्चामा रहेको चितवनको भरतपुर महानगरपालिकामा नेकपा (माओवादी केन्द्र) का मेयरका उम्मेदवार रेनु दाहालले अग्रता बढाउँदै लगेकी छिन् ।
२५ हजार ३५८ मत गणना गर्दा दाहालले ९ हजार ११ प्राप्त गरिन् । उनका निकटतम प्रतिस्पर्धी विजय सुवेदीले ७ हजार ८९२ मत पाएका छन् । तेस्रोमा स्वतन्त्र उम्मेदवार ४ हजार ११२ मत पाएका छन् । रेनुको पछिल्लो मतान्तर १११९ रहेको छ ।
उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले १० हजार ७७४ मत ल्याएर अग्रता लिएका छन् । उनका प्रतिस्पर्धी हिमला गुरुङ ६ हजार ५४ मत पाएकी छन् ।
ताजा अपडेट
-
सुदूर पश्चिमका पूर्वमुख्यमन्त्री सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा
-
प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताको छलफल सुरु
-
सरकार र यातायात व्यवसायीबीच वार्ता सुरु
-
सुजित घिमिरे र देवी घर्तीको स्वरमा ‘सिसा झ्यालैमा’ गीत सार्वजनिक (भिडियाेसहित)
-
सङ्घीय सरकारबाट प्रदेशलाई जाने बजेटः कर्णालीलाई सबैभन्दा बढी, गण्डकीलाई कम
प्रतिक्रिया