भरतपुरमा रेनुलाई ११०० बढीको अग्रता
काठमाडौं । सबैभन्दा चर्चामा रहेको चितवनको भरतपुर महानगरपालिकामा नेकपा (माओवादी केन्द्र) का मेयरका उम्मेदवार रेनु दाहालले अग्रता बढाउँदै लगेकी छिन् ।
२५ हजार ३५८ मत गणना गर्दा दाहालले ९ हजार ११ प्राप्त गरिन् । उनका निकटतम प्रतिस्पर्धी विजय सुवेदीले ७ हजार ८९२ मत पाएका छन् । तेस्रोमा स्वतन्त्र उम्मेदवार ४ हजार ११२ मत पाएका छन् । रेनुको पछिल्लो मतान्तर १११९ रहेको छ ।
उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले १० हजार ७७४ मत ल्याएर अग्रता लिएका छन् । उनका प्रतिस्पर्धी हिमला गुरुङ ६ हजार ५४ मत पाएकी छन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया