NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

भरतपुर महानगरपालिकामा रेनुले १३०० मत कटाइन्

काठमाडौं । भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेनु दाहालले मतान्तरण फराकिलो बनाउँदै लगेकी छन् ।

पछिल्लो मतपरिणाम अनुसार २ हजार ६०० बढी मत गणना हुँदा दाहालेले निकटतम प्रतिस्पर्धी एमालेका विजय सुवेदीलाई १३४४ मतान्तरले पछि पारेकी हुन् ।

दाहालले ९ हजार ३६३ मत प्राप्त गर्दा सुवेदीले ८ हजार १९ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवर जगन्नाथ पौडेलले ४ हजार १९१ मत पाएका छन् ।

त्यस्तै उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ११ हजार १३६ मतसहित फराकिलो मतान्तर बनाएका छन् । भरतपुर–४ बाट मतान्तर फराकिलो बनाउँदै लगेकी रेनुले वडा नम्बर ६ को मत गणना हुँदा १३०० बढी मत ल्याएकी हुन् ।