हत्या मुद्दामा नवजोत सिंह सिद्धूलाई जेल सजाय

काठमाडाैं । सर्वोच्च अदालतले तीन दशक पुरानो रोड रेज मुद्दामा कांग्रेस नेता तथा पूर्व क्रिकेटर नवजोत सिंह सिद्धूलाई एक वर्षको जेल सजाय सुनाएको छ ।
पीडित परिवारले सिद्धूलाई सफाइ दिने सर्वोच्च अदालतको सन् २०१८ को निर्णयविरुद्ध अपील दायर गरेका थिए । सर्वोच्च अदालतले आफ्नो त्यतिवेलाको फैसलामा नवजोत सिंह सिद्धूलाई हत्याको आरोपबाट मुक्त गर्दै तीन वर्षको सजायलाई एक हजार रुपैयाँ जरिवानामा परिवर्तन गरेको थियो ।
सन् २७ डिसेम्बर, १९८८ मा सिद्धु र ६५ वर्षीय गुरनाम सिंहबीच पटियालाको पार्किङमा कुटाकुट भएको थिए । पछि उनको मृत्यु भयो । त्यसपछि सिद्धूविरुद्ध मुद्दा दर्ता भएको थियो ।
तल्लो अदालतले सिद्धूलाई सफाइ दिएको थियो तर पछि उच्च अदालतले उनलाई दोषी ठहर गर्दै तीन वर्षको जेल सजाय सुनाएको थियो ।
सिद्धू पूर्वक्रिकेटर र अहिले भारतीय कांग्रेसका नेता हुन् । साथै उनी विभिन्न टेलिभिजन शोमा निर्णायकको भूमिका देखिएका छन् ।
ताजा अपडेट
-
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
त्रिभुवन विमानस्थलको अध्यागमनमा खादा, माला र संस्थागत पहिचानका सामग्री प्रयोगमा प्रतिबन्ध
-
पाटन अदालतको इतिहासमा पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा
-
आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित
प्रतिक्रिया