प्रदेश र संघीय चुनावमा पनि कांग्रेस, माओवादी र समाजवादीसहितको गठबन्धन

काठमाडौं । ठूलो दल बनेको कांग्रेसले स्थानीय तहको चुनावी परिणामले प्रदेश र संघीय चुनावमा पनि गठबन्धन गरेर जान सन्देश दिएको बताएका छन् ।
चुनावी मतपरिणामबारे पत्रकार सम्मेलन गर्दै महतले कांग्रेसमात्रै होइन चुनावबाट गठबन्धन दलहरू नै बलियो बनेको बताए ।
‘चुनावबाट कांग्रेससहित सबै गठबन्धन दल बलियो देखिएका छन् । यसले राष्ट्रिय र प्रदेशको निर्वाचनमा पनि सँगै अघि बढ्नुपर्ने सन्देश दिएको छ’ महतले भने, ‘आउँदो निर्वाचनमा स्पष्ट बहुमत ल्याउने लक्ष्यका लागि काम गर्छ । यो गठबन्धनलाई अघि बढाउन थप पनि छलफल गछौं । बैठकले थप नीति तय गर्छ ।’
३२० ठाउँमा जित्न सक्नुलाई महतले उत्साहजक परिणाम भएको बताए । अन्तर्घात नभइदिएको भए झण्डै चार सय पालिका कांग्रेस एक्लैले जित्न सक्ने भन्दै उनले सबै नतिजा आइसकेपछि केन्द्रीय समितिले व्यापक समीक्षा गर्ने बताए ।
‘सत्ता गठबन्धन निर्वाचनमा गयौं । समग्रमा लय राम्रो छ । तर चुनाव चिन्हमा बुझाउन नसक्दा केही कमजोरी भए’ महतले भने, ‘तर पनि गठबन्धनको नेतृत्व खुशी नै छ । हामी पनि सन्तुष्ट छौं ।’
कांग्रेसको हातमा सत्ता आएपछि कोभिडको व्यवस्थापन भएको, देशमा कानुनी शासनको सन्देश गएको पनि उनले बताए । नगरपालिका कांग्रेस एक्लैले ५० प्रतिशत जित्नु र धेरै जनसंख्या भएको ठाउँमा जित्नु खुशीको कुरा भएको उनको भनाई छ । काठमाडाैंमा स्वतन्त्रका बालेनकाे पक्षमा देखिएकाे लहर कांग्रेसकाे नाेटिसमा रहेकाे उनकाे भनाइ छ ।
प्रतिक्रिया