वडामा मृत्यु हुनेको परिवारलाई १५ हजार रुपैयाँ

काठमाडौं । भर्खरै स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । स्थानीय तहहरुमा निर्वाचित जनप्रतिनिधिहरुले भटाभट पदभार ग्रहण गरिरहेका छन् ।
पदभारका क्रममा केही स्थानीय तहले रोचक रोचक निर्णय गर्न थालेका छन् । त्यसैमध्येको एक रहेको छ, दैलेखको नारायण नगरपालिका वडा नं १ का वडाध्यक्ष सन्देशकुमार श्रेष्ठ निर्णय ।
श्रेष्ठले पदभार गर्दै वडाभित्र बसोबास गर्ने कुनै पनि नागरिकको मृत्यु भएमा मृतकको परिवारलाई १५ हजार रुपैयाँ सहायता दिने निर्णय गरेका छन् ।
मृत्यु कसैको रोजाई नहुने भएकाले त्यस्तो सहायताको दुरुपयोग पनि हुन नसक्ने भएकाले त्यस्तो निर्णय गरिएको वडाध्यक्ष श्रेष्ठले नेपालवाचसँग बताए।
वडाध्यक्षको कार्यालयले कुन उद्देश्यले मृतकको परिवारलाई १५ हजारका दरले आर्थिक सहायता दिने कार्यक्रम ल्याएको हो भन्ने प्रष्ट खुलाएको छैन ।
यसअघि स्थानीय तहहरुले वडाभित्र गम्भीर बिरामी परेकाहरुलाई उपचार, छोरी पढाउन विभिन्न प्याकेजहरु घोषणा गरेको विभिन्न समाचार आउने गरेका थिए । तर यो पटक मान्छे मरेमा १५ हजार दिने पहिलो घोषणा भएको हो ।
प्रतिक्रिया