भरतपुरको मेयरमा रेनु दाहाल विजयी, औपचारिक घोषणा हुन बाँकी
काठमाडौं । भरतपुर महानगरपालिकाको मेयर पदमा माओवादी केन्द्रकी रेनु दाहाल विजयी भएकी छन् । दाहालले ५१ हजार ११२ मत कटाउँदा उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार विजय सुवेदीले ३८ हजार ९७२ मत पाएका छन् । निर्वाचन कार्यलयले विजयी उम्मेदवारको औपचारिक घोषणा गर्न बाँकी छ ।
त्यस्तै उपमेरयमा कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले ५१ हजार ९०३ मत पाएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी राप्रपाकी हिमला गुरुङले २० हजार ३३६ मत पाएकी छिन् । अब १७२४ मत गन्न बाँकी छ । अहिले २८ र २९ वडाको मतगणना जारी रहेको निर्वाचन कार्यलय चितवनले जनाएको छ । भरतपुरमा १ लाख २७ हजार ८ सय ३९ जनाले मतदान गरेका थिए ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया