महिलाको ज्यान लिने भेडालाई तीन वर्ष जेल सजाय
काठमाडौं (एजेन्सी) । भेडालाई पनि जेल सजाय ? सुन्दा अनौठो लाग्न सक्छ । तर दक्षिण सुडानमा भेडालाई जेल सजाय तोक्ने अनौठो घटना भएको छ ।
भेडाले एक महिलाको ज्यान लिएपछि यस्तो फैसला सुनाइएको हो ।
स्थानीय सञ्चारमाध्यमका अनुसार, उक्त भेडाले सुरुमा दक्षिण सुडानकी ४५ वर्षीया अधियु चापिङलाई आक्रमण गरी घाइते बनाएको थियो । करङ भाँचिएकी ती महिलाको केही समयपछि मृत्यु भयो ।
महिलाको मृत्युपछि भेडालाई पक्राउ गरेर प्रहरी हिरासतमा राखिएको थियो ।
उक्त भेडालाई स्थानीय रुम्बक सिटी अदालतले तीन वर्षको जेल सजायसँगै भेंडाका धनीले पीडित परिवारलाई पाँचवटा गाई क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको छ ।
ताजा अपडेट
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
ग्राहकका लागि निःशुल्क ‘एयरब्याग सेफ्टी रिकल’ सेवा सञ्चालन गर्दै होण्डा
-
सुनको मूल्य ५ हजार ४०० रुपैयाँले बढ्यो
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्ने


प्रतिक्रिया