महिलाको ज्यान लिने भेडालाई तीन वर्ष जेल सजाय

काठमाडौं (एजेन्सी) । भेडालाई पनि जेल सजाय ? सुन्दा अनौठो लाग्न सक्छ । तर दक्षिण सुडानमा भेडालाई जेल सजाय तोक्ने अनौठो घटना भएको छ ।
भेडाले एक महिलाको ज्यान लिएपछि यस्तो फैसला सुनाइएको हो ।
स्थानीय सञ्चारमाध्यमका अनुसार, उक्त भेडाले सुरुमा दक्षिण सुडानकी ४५ वर्षीया अधियु चापिङलाई आक्रमण गरी घाइते बनाएको थियो । करङ भाँचिएकी ती महिलाको केही समयपछि मृत्यु भयो ।
महिलाको मृत्युपछि भेडालाई पक्राउ गरेर प्रहरी हिरासतमा राखिएको थियो ।
उक्त भेडालाई स्थानीय रुम्बक सिटी अदालतले तीन वर्षको जेल सजायसँगै भेंडाका धनीले पीडित परिवारलाई पाँचवटा गाई क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको छ ।
ताजा अपडेट
-
सरकार र चिकित्सकबीच सहमति, आन्दोलन स्थगित
-
रसुवागढी बाढीमा बेपत्ताहरूको खोज, उद्धारलाई प्रभावकारी बनाउन प्रधानमन्त्री ओलीको निर्देशन
-
प्रधानमन्त्री ओलीद्वारा रसुवाको बाढी प्रभावित क्षेत्रको अवलोकन
-
रसुवा बाढी अपडेटः २० जना बेपत्ता, ६४ वटा गाडी बगे
-
टेलिकमकी निलम्बित प्रबन्ध निर्देशक पहाडीलाई २ लाख धरौटीमा छाड्न आदेश
प्रतिक्रिया