मेयर भएपछि रेनुको पहिलो निर्णय : सरकारी अस्पतालमा जन्मिएका छोरीको जीवन बिमा
काठमाडौं । आफ्ना प्रत्यासी विजय सुवेदीसँग १२ हजारभन्दा बढी मतान्तरले भरतपुर महानगरपालिका मेयरमा विजयी रेनु दाहालले आफ्नो पहिलो निर्णय सार्वजनिक गरेकी छन् ।
दोस्रो कार्यकालका लागि मेयर पदभार ग्रहण गरेसँगै उनले सरकारी स्वास्थ्य संस्थामा जन्मिएका नगरबासीका छोरीहरुका लागि एक लाख रुपैयाँ बराबरको जीवन बीमा गर्ने निर्णय गरेकी हुन् ।
आगामी आर्थिक वर्षबाट लागू हुनगरी उक्त बीमा कार्यक्रम घोषणा भएको हो । उक्त बीमाको दाबी १५ वर्षपछि गर्न पाइन्छ ।
योसँगै उनले महानगरबासीका लागि सात हजारसम्म खानेपानीको महसुल तिरिदिने निर्णय गरेकी छिन् । उनका अनुसार अबको दुई वर्षभित्र भरतपुरको चौकी डाँडादेखि गोलाघाटसम्म खानेपानीको पहुँच पुग्नेछ ।
दाहालले यसपटकको कार्यकालमा पनि शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई मुख्य एजेण्डाका रुपमा अघि सार्ने जनाएकी छन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया