NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २७ गते

दोस्रोपटक मेयरमा जितेपछि के भने चिरिबाबुले ?

काठमाडौं । ललितपुर महानगरपालिकामा चिरिबाबु महर्जन दोस्रोपटक मेयरमा निर्वाचित भएका छन् । दाेस्राेपटक मेयरमा विजयी भएपछि महर्जनले अघिल्लोपटकको अनुभवलाई संगाल्दै महानगरबासीको दैनिकीलाई सजिलो र सुरक्षित बनाउने घोषणा गरेका छन् । मेयरमा भारी मतले जितेपछि चिरिबाबुले मतदाता र शुभ चिन्तकको शिर झुक्ने काम नगर्ने बताएका हुन् ।

‘यहाँहरुले मलाई प्रदान गर्नु भएको अत्यधिक मतको उच्च सम्मान गर्दै विगतमा जस्तै वर्तमान र भविष्यमा पनि यहाँहरु, ललितपुर जिल्ला र नेपाल राष्ट्रको नै शिर उचो राख्न सदैव सक्रिय रहन्छु । मलाई विश्वास गरेर मत दिनुहुने मतदाता, शुभचिन्तक, शुभेच्छुकको शिर झुक्ने कुनै काम गर्ने छैन्’ चिरिबाबुले भनेका छन्, ‘सांस्कृतिक सहर, कला नगरीको पहिचान बोकेको ललितपुर महानगरपालिकाको परिचयलाई अघिल्लो कार्यकालमा संगालेको अनुभव प्रयोग गरी व्यापक बनाउने संकल्प गर्दछु । मेरो पहिलो कार्यकालमा सुरु भएका योजनाहरु सम्पन्न गरी महानगरवासीको दैनिकलाई सजिलो र सुरक्षित बनाउन आवश्यक पर्ने योजनाहरु समेत सुरु गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’

ललितपुर महानगरलाई समृद्ध नगर बनाउने अभियानमा पाएको मतको सम्मान गर्दै विकास निर्माणका योजनाहरुको प्राथमिकीरण गर्दा मतदाता र नागरिकको सल्लाह र सुझाव मनन गर्ने प्रतिवद्धता पनि जनाएका छन् ।

सांस्कृतिक सहर, कला नगरीको पहिचान बोकेको ललितपुर महानगरपालिकाको परिचयलाई अघिल्लो कार्यकालमा संगालेको अनुभव प्रयोग गरी व्यापक बनाउने उनको घोषणा छ । ‘मेरो पहिलो कार्यकालमा सुरु भएका योजनाहरु सम्पन्न गरी महानगरवासीको दैनिकलाई सजिलो र सुरक्षित बनाउन आवश्यक पर्ने योजनाहरु समेत सुरु गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’ चिरिबाबुले भनेका छन् ।

यसरी जिते चिरिबाबु

पहिलोपटक ३२६ मतान्तरले एमालेका हरिकृष्ण ब्यञ्जनकारलाई पराजित गरेका चिरिबाबुले उनै उम्मेदवारलाई १८ हजार एक सय ६२ मतको भारी अन्तरले पराजित गरेका हुन् । चिरिबाबुले ४२ हजार ७२२ र पराजित ब्यञ्जनकारले २४ हजार ५६० मत ल्याएका हुन् ।
अघिल्लोपटक चिरिबाबुले २४ हजार ६४९ र ब्यञ्जनकारले २४ हजार ३१६ मत पाएका थिए ।

१८ हजार ७३ मत चिरिबाबुले बढाए । तर एमालेका ब्यञ्जनकारले पाँच वर्षमा २४४ मत मात्रै बढाए । जबकी २०७४ सालमा भन्दा यसपटक मतदाता बढेका थिए । गत चुनावाम मतदाता एक लाख १२ हजार ९२३ थिए । यसपटक १ लाख २२ हजार ८९० मतदाता थिए । ललितपुरमा सत्ता गठबन्धनका पाँच दल एकातिर हुँदा एमाले एक्लै भिडेकाे थियाे । मेयर पराजित भए पनि उपमेयरमा एमालेकी उम्मेदवार मञ्जली शाक्य विजयी हुन् । गठबन्धनबाट उपमेयरमा भिडेका बाबुराज बज्राचार्य ६ हजार तीन मतान्तरले पराजित हुन पुगे ।

बालेन र मबीच दोहोरो प्रेम छ : चिरीबाबु