छात्रा बलात्कार गरेको आरोप लागेका इटहरीका प्रधानाध्यापक पक्राउ
काठमाडौं । छात्रालाई बलात्कार गरेको आरोप लागेका विद्यालयका प्राध्यानाध्यापक पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ३६ वर्षीय राजकुमार खड्कालाई पक्राउ गरेको हो ।
बानियाँटारमा बस्दै आएका खड्कालाई पक्राउ गरी सुनसरी प्रहरीमा बुझाउन लगिएको सीआईबीले जनाएको छ ।
धरान उपमहनगरपालिका ५ स्थित ब्लुमिङ लोटस इङ्लिस स्कुलमा प्रिन्सिपल रहेका खड्कामाथि आफ्नै विद्यार्थीलाई बलात्कार गरेको आरोप लागेको छ ।
उनले २०७४ साउन २६ गते सोही उपमहानगरपालिका १३ स्थित एक गेस्ट हाउसमा पुर्याएर ती छात्रामाथि बलात्कार गरेकाे बताइएकाे छ ।
फेसबुक अकाउन्टबाट पीडित युवतीले आफूमाथि पनि पाँच वर्षअघि विद्यालयका प्रधानाध्यापकले बलात्कार गरेको र प्रहरीमा उजुरी गर्दा पनि कुनै कारबाही नगरेको भन्दै घटना सार्वजनिक गरेकी थिइन् । साैन्दर्य प्रतियाेगिताका क्रममा ७ वर्षअघि बलात्कारमा परेकाे भन्दै एक युवतीले सामाजिक सञ्जालबाट भनेपछि इटहरीकी युवतीले पनि साे कुरा खाेलेकी हुन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया