NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

छात्रा बलात्कार गरेको आरोप लागेका इटहरीका प्रधानाध्यापक पक्राउ

काठमाडौं । छात्रालाई बलात्कार गरेको आरोप लागेका विद्यालयका प्राध्यानाध्यापक पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ३६ वर्षीय राजकुमार खड्कालाई पक्राउ गरेको हो ।

बानियाँटारमा बस्दै आएका खड्कालाई पक्राउ गरी सुनसरी प्रहरीमा बुझाउन लगिएको सीआईबीले जनाएको छ ।

धरान उपमहनगरपालिका ५ स्थित ब्लुमिङ लोटस इङ्लिस स्कुलमा प्रिन्सिपल रहेका खड्कामाथि आफ्नै विद्यार्थीलाई बलात्कार गरेको आरोप लागेको छ ।

उनले २०७४ साउन २६ गते सोही उपमहानगरपालिका १३ स्थित एक गेस्ट हाउसमा पुर्‍याएर ती छात्रामाथि बलात्कार गरेकाे बताइएकाे छ ।

फेसबुक अकाउन्टबाट पीडित युवतीले आफूमाथि पनि पाँच वर्षअघि विद्यालयका प्रधानाध्यापकले बलात्कार गरेको र प्रहरीमा उजुरी गर्दा पनि कुनै कारबाही नगरेको भन्दै घटना सार्वजनिक गरेकी थिइन् । साैन्दर्य प्रतियाेगिताका क्रममा ७ वर्षअघि बलात्कारमा परेकाे भन्दै एक युवतीले सामाजिक सञ्जालबाट भनेपछि इटहरीकी युवतीले पनि साे कुरा खाेलेकी हुन् ।

फेरि बाहिरियो विद्यालयमै बलात्कार भएको सात वर्षअघिको घटना