बालेनको पहिलो घोषणा : काठमाडौंलाई विश्वकै उत्कृष्ट सहर बनाउँछु
काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले विजयी भएपछि काठमाडौंलाई विश्वकै उत्कृष्ट सहर बनाउने घोषणा गरेका छन् ।
उनी विजयी घोषणा भएपछिको पहिलोपटक विजय जुलुसलाई सम्बोधन गर्दै शाहले यो जीतलाई उर्जाको रुपमा लिएका बताएका छन् । यसलाई आफूले शत प्रतिशत दिने प्रतबद्धता उनले जाहेर गरेका छन् ।
आफू पदमा रहुञ्जेल काठमाडौंबाहेक अरु कुनै काममा समय नखर्चिने र आफ्ना सबै क्षमता, ज्ञान र सीप काठमाडौंलाई व्यवस्थित, स्वच्छ, सफा र विश्वकै उत्कृष्ट सहर बनाउन उपयोग गर्ने उनले बताएका छन् ।
उक्त पदमा नेकपा एमालेतर्फका उम्मेदवार केशव स्थापित र कांग्रेसकी उम्मेदवार सिर्जना सिंहसँग फराकिलो मतान्तरले उनी मेयर पदमा विजयी भएका हुन् ।
बालेनले ६१,७६७ मत प्राप्त गर्दा स्थापितले ३८,११७ र श्रेष्ठले ३८,३४१ मत प्राप्त गरे । त्यस्तै राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले ५७७० मत प्राप्त गरे भने स्वतन्त्रतर्फकै अर्का उम्मेदवार सुमन सायामीले १३७७० मत प्राप्त गरेका छन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया