जब विमानस्थलको टेलिभिजन सेटमा अश्लील सामग्री बज्न थाल्यो
काठमाडौ (एजेन्सी) । विमानस्थलमा राखिएका टेलिभिजन सेटमा अक्सर उडान, सुरक्षालगायत जानकारी प्रसारण भइरहेका हुन्छन् । यस्तै प्रयोजनका लागि विमानस्थलमा राखिएको टेलिभिजन सेटमा एकाएक अश्लील सामग्री प्रसारण भएपछि शुक्रबार असहज परिस्थिति उत्पन्न भएको छ ।
घटना ब्राजिलको रियो दि जेनेरियोस्थित विमानस्थलको हो ।
उडानबारे जानकारी दिइरहेको टेलिभिजन एकाएक अश्लील सामग्री प्रसारण भएपछि त्यहाँ उपस्थित यात्रुहरू अकमक्क परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् ।
यो भिडियो सामग्री अहिले सामाजिक सञ्जालमा समेत भाइरल बनिरहेको छ । जसमा केही यात्रु हाँसिरहेको र बच्चाका अभिभावकले भने तिनलाई त्यस्तो दृश्य हेर्नबाट रोक्न मुख छोपिरहेको देख्न सकिन्छ ।
घटनाबारे प्रहरीले अहिले अनुसन्धान गरिरहेको ब्राजिलका सञ्चार माध्यमले जनाएका छन् । प्रारम्भिक अनुसन्धानमा विज्ञापन कम्पनीको लापरबाहीले सिस्टम ह्याक भएको खुलेको छ ।
यहाँको विमानस्थलले सूचना सेवा अन्य एजेन्सीबाट लिँदै आएको थियो । विमानस्थलका अधिकारीले एजेन्सीसँग सूचना सेवा लिएकाले उही जिम्मेवार हुनुपर्ने बताएका छन् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया