पूर्वरुसी जासूस मारेको अभियोग लागेका कोभटुनको मृत्यु

एजेन्सी । सन् २००६ मा लन्डनमा रूसका पूर्वजासूस अलेक्ज्याण्डर लिट्भिनेन्कोलाई विष ख्वाएर मारेको अभियोग लागेका रुसी जासूस दिमित्री कोभटुनको ५७ वर्षको उमेरमा मृत्यु भएको छ ।
बेलायतका अधिकारीहरूले लिट्भिनेन्कोको हत्याको आरोप लगाएका रुसी सांसद आन्द्रेई लुगोभोईले कोभटुनको मस्कोको एक अस्पतालमा मृत्यु भएको बताएका हुन् ।
कोभटुन र लुगोवोईले लिट्भिनेन्कोको हत्या गरेको र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले त्यसलाई अनुमोदन गरेको निष्कर्ष बेलायती अनुसन्धानले निकालेको छ भने मानव अधिकारसम्बन्धी युरोपेली अदालतले पनि बेलायती निष्कर्षको समर्थन गरेको छ । यद्यपि क्रेमलिनले आफ्नो संलग्नताको अस्वीकार गरेको छ ।
केजीबी र उसको उत्तराधिकारी एजेन्सी एफएसबीका पूर्वएजेन्ट लिटभिनेन्को सन् २००० मा रूसबाट भागेर लन्डन पुगेका थिए । उनले रूसी गुप्तचर सेवामा व्याप्त भ्रष्टाचार र सङ्गठित अपराधसँगको सम्बन्धको पर्दाफास गरेका थिए ।
नोभेम्बर २००६ मा लन्डनको एक होटलमा दुई रूसी पुरुषहरूसँग चिया पिएपछि नराम्ररी बिरामी भएका उनको तीनहप्ता पछि मृत्यु भएको थियो । उनले पिएको चियामा रेडियोएक्टिभ पोलोनियम–२१० मिसाइएको पाइएको थियो ।
ताजा अपडेट
-
एमसीसीलाई निरन्तरता दिने अमेरिकी सरकारको निर्णय
-
बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई ६ महिनाको जेल सजाय
-
राष्ट्रियसभालाई विधेयकमा दुईवर्षे कुलिङ पिरियडको व्यवस्था गर्न अनुरोध गर्ने समितिको निर्णय
-
आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट स्वीकृत
-
अर्थमन्त्री पौडेलको दाबी-‘बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार आएको छ’
प्रतिक्रिया