NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

डोजरका लागि ४ वर्षमा बाहिरियो ३६ करोड ६४ लाख रूपैयाँ

काठमाडौं । विकासको नाममा डोजर र एक्साभेटरको प्रयोग बढ्दो छ । ०७४ को स्थानीय तह निर्वाचनपछि यो क्रमले अझै तीव्रता पाइरहेको छ । व्यवस्थित रूपमा यस्ता साधनको प्रयोग संकट र विनाश निम्तिरहेको छ ।

ठ्याक्कै यकिन तथ्यांक त छैन तर डाँडाकाँडामा हचुवाका भरमा सडक निर्माण गर्दा गएको पहिरोबाट सयौंको ज्यान गएको छ । विस्थापित र घरबारविहीन पनि उत्तिकै छन् । डोजर र एक्साभेटरको अवैज्ञानिक प्रयोगका कारण बेहिसाब वस्ती जोखिममा छन् ।

डोजरको अवैज्ञानिक प्रयोगले विपत्तिलाई निम्तो दिइरहे पनि जनप्रतिनिधिहरू यसको समीक्षा गर्न छाडेर यसको प्रयोगमा थप आकर्षित हुँदै गएका छन् । यही कारण अहिले स्थानीय तहका हरेक वडा र तिनका टोलटोलमा डोजर पुगेका छन् । यस्ता डोजरका मालिक भने स्थानीय जनप्रतिनिधि हुने गरेका छन् । कतिपय जनप्रतिनिधिले त दुईभन्दा बढी डोजर खरिद गरेको पाइएको छ ।

डोजरको अवैज्ञानिक र हचुवा प्रयोगले विनाश निम्त्याइरहे पनि जनप्रतिनिधिमा यसप्रतिको मोह थप बढ्दै गइरहेको छ

स्थानीय तहमा डोजरको माग यति उच्च छ कि चार वर्षको दौरानमा ३६ करोड ६३ लाख ९४ हजार रूपैयाँ धनराशी यसकै खरिदका लागि विदेशिएको छ ।
पाँच वर्षअघि ०७४ मा २१ करोड ९१ लाख ५१ हजार रूपैयाँ खर्चेर २६ वटा डोजर खरिद गरेको तथ्यांक छ । २०१९ अर्थात् ०७५ मा भने नेपालले ९ करोड ४२ लाख ४७ हजार रूपैयाँको मात्र ९ डोजर खरिद गरेको थियो ।

सन् २०२० र २०२१ मा भने डोजर खरिद ह्वात्तै घटेको छ । यसको अर्थ स्थानीय जनप्रतिनिधिले आफू निर्वाचित भएको डेढ वर्षभित्र डोजर खरिद गरिसकेको बुझिन्छ ।
०७६ मा ४ करोड ३९ लाख ३ हजार रूपैयाँ, ०७७ मा ९० लाख ९२ हजार रूपैयाँ डोजर खरिदका लागि बाहिरिएको छ । यी वर्षमा कोरोना महामारीको कारण विकासका काम प्रभावित भएकाले पनि डोजर कम खरिद भएको जानकारहरू बताउँछन् ।

डोजर खरिदको यस्तो छ तथ्यांक

केओएमएटिएसयू ब्राण्डको डोजर लोकप्रिय

चार वर्षको डोजर आयात तथ्यांक विश्लेषण गर्दा केओएमएटिएसयू ब्राण्डको डोजर सबैभन्दा बढी लोकप्रिय देखिएको छ । यो अवधिमा उक्त ब्राण्डका १८ करोड २१ लाख ९३ हजार रूपैयाँ बराबरको १२ डोजर नेपाल आयात भएको थियो ।

केओएमएटिएसयूपछि नेपालमा एसएचएएनटियुआई ब्राण्डको डोजर धेरै भित्रिएको छ । ४ वर्षमा यो ब्राण्डका १४ वटा डोजर नेपाल भित्रिएको थियो । जसका लागि सरकारी ढुकुटीबाट १० करोड २४ लाख ३५ हजार रूपैयाँ खर्च भएको छ ।

त्यस्तै, सिएटीको ब्राण्डको १ करोड ८ लाख ४५ हजार रूपैयाँ बराबरको २ वटा, एन÷ए एण्ड पार्टस् ब्राण्डको १ करोड ७७ लाख ६६ हजार रूपैयाँको २ डोजर पनि नेपालमा आयात भएको छ ।

कुन ब्राण्डको कति डोजर खरिद ?

बुल

नेपालका लागि बुलको आधिकारिक बिक्रेता पटेल इन्जिनियररिङ लिमिटेडले २०१८ को डिसेम्बरमा १४ लाख ३६ हजार ५४५ रूपैयाँमा एउटा डोजर खरिद गरेको छ । सोही कम्पनीले सोही वर्षको डिसेम्बरमै एक करोड २३ लाख ५९ हजारको एउटा डोजर आयात गरेको तथ्यांक छ ।

बुलको अर्को आधिकारिक बिक्रेता आइडिएमसीले २०१८ कै नोभेम्बरमा ८५ लाख ५० हजार रूपैयाँको डोजर आयात गरको छ । बुलकै चाइना सिएमसी इन्जिनियररिङ कम्पनीले सोही वर्षको फेब्रुअरीमा ८१ लाख ३४ हजार रूपैयाँ बराबरको २ वटा डोजर आयात गरेको छ । सोही कम्पनीले फेबुअरीमै एक करोड २७ लाख १८ हजार रूपैयाँको डोजर पनि आयात गरको तथ्यांक छ ।

सिएटी

नेपाल आर्मी हेडक्वाटरले २०१८ मा एक एक करोड ८ लाख ४५ हजार रूपैयाँमा २ वटा डोजर खरिद गरेको छ । त्यसपछिका वर्षमा भने हेडक्र्वाटरले डोजर खरिद गरेको कुनै तथ्यांक छैन ।

केओएमएटिएसयू

सन् २०१८ को सेप्टेम्बरमा केओएमएटिएसय ब्राण्डको आधिकारिक बिक्रेता जयप्रकाश एशोसिएट लिमिटेडले एक करोड ३० लाख ४४ हजार रूपैयाँ बराबरको एउटा डोजर खरिद गरेको छ । सोही कम्पनीले सोही वर्षको फेबुअरीमा ८८ लाख ३४ हजार रूपैयाँ, फेबु्ररीमा ६८ लाख ६२ हजार रूपैयाँको १÷१ वटा डोजर आयात गरेको छ ।

सोही वर्षमा डिपार्टमेनट अफ रोडले एक करोड ८१ लाख ८० हजार रूपैयाँमा २ वटा डोजर आयात गरेको छ । अर्को नाम नखुलेको कम्पनीले पनि सोही वर्षमा २ करोड ५ लाख ९३ हजार रूपैयाँ खर्च गरी २ वटा डोजर आयात गरेको तथ्यांक भेटिन्छ ।

२०१९ मा सुरध राज घिमिरेले २ करोड २३ लाख ८१ हजार रूपैयाँमा एउटा डोजर खरिद गरेको छ । सोही कम्पनीले विभागका अनुासर सोही कम्पनीले सोही वर्षको नोभेम्बरमा एक करोड २ लाख ४६ हजारमा एउटा डोजर खरिद गरेको छ । सोही वर्षमा जयप्रकाश एशोसिएटले २ करोड ९३ लाख ७४ हजार र ८७ लाख ७१ हजारमा १/१ वटा डोजर खरिद गरेको छ ।

२०२० को जुलाइमामा जयप्रकाशले ४ करोड ३९ लाख ३ हजार रूपैयाँमा एउटा डोजर खरिद गरेको तथ्यांक छ ।

सन्तुली

सन्तुली ब्राण्डको आधिकारिक बिक्रेता मनोकामा मोर्डन इन्जिनियरिङले २०१८ मा ९५ लाख ६० हजारमा २ वटा डोजर खरिद गरेको छ । त्यस्तै युनाइटेड इन्फा इक्युभमेन्टले एक करोड ३ लाख ९७ हजार रूपैयाँ, एसबिए निर्माण सेवाले १ करोड १३ लाख ४१ हजारमा एक÷एक वटा डोजर आयात गरेको छ ।
अर्को कम्पनी दुग्गर ब्रदरस एण्ड सनले ८७ लाख ८२ हजारमा र एक लाख ५ लाख ८७ हजार १÷१ वटा डोजर खरित गरेको छ ।