राजवंशी समुदाय झापामा दुई प्रमुखसहित ६४ निर्वाचित

झापा । स्थानीय तहको निर्वाचन०७९ बाट आदिवासी राजवंशी समुदायको मूलथलो रहेको झापामा दुई पालिका प्रमुखसहित ६४ जनप्रतिनिधि निर्वाचित भएका छन् ।
पालिका प्रमुखमा कचनकवल गाउँपालिकाबाट कालेन्द्रप्रसाद सिंह राजवंशी र गौरीगञ्ज गाउँपालिकामा फूलमति राजवंशी निर्वाचित भएका हुन् । यसअघि ०७४ को निर्वाचनबाट एक अध्यक्षसहित ४८ जना मात्र राजवंशी समुदायबाट जनप्रतिनिधि निर्वाचित भएका थिए । निर्वाचनबाट गौरादह नगरपालिकाको उपप्रमुखमा जलवर्षा राजवंशी, १० जना वडाध्यक्ष तथा ५१ जना सदस्यमा राजवंशी समुदायबाट निर्वाचित भएका छन् ।
आफ्नो समुदायबाट निर्वाचितलाई राजवंशी विकास प्रतिष्ठानले कचनकवल–३ स्थित राजवंशी समाज विकास समितिमा शनिबार बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा जिल्लाका राजवंशी जनप्रतिनिधिले आफ्नो जातीय अस्तित्व जोगाउन अब सबैले एक भएर अधिकार खोज्नुपर्ने बेला आइसकेको धारणा राखेका थिए ।
प्रदेश सांसद पूर्णसिंह राजवंशीले राजनीतिक दलहरुले ‘स्थापना’का रुपमा मात्र राजवंशी समुदायलाई स्थान दिने गरेको बताउँदै राजनीतिप्रति चासो र चेतना जोगाउनेकार्यमा लाग्न सबैलाई आग्रह गरे। अघिल्लो निर्वाचनमा भने एक गाउँपालिका अध्यक्ष, दुई उपाध्यक्ष, १२ वडाध्यक्षसहित ४८ जना निर्वाचित भएका थिए ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया