NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

सांसदका छोरा पिए, जेल बस्दा पनि तलब लिए !

काठमाडौं । प्रदेश १ कि सांसद बिन्दिया कार्कीका छोरा हुन् रोविन अर्थात् रविन सिंह कार्की । ०७८ जेठ २० गते राति मादकपदार्थ सेवन गरी कार चलाउँदा दुर्घटनामा परे । कारको ठक्करबाट एक मजदुरको मृत्यु भयो, अर्का एक घाइते भए ।

प्रहरीले रोविनलाई नियन्त्रणमा लियो । हिरासतमा राख्यो । मुद्दा चलायो । जेल सजायको फैसला पनि भयो । तर उनले हिरासतदेखि जेलमा रहँदाको समय पनि सरकारी तलबभत्ता बुझेको खुलेको छ ।

उनले मापसे गरी सवारी चलाएको ठहरसहित २ हजार जरिवाना र ६ महिना १५ दिनको सजाय पाएका थिए । सवारी ज्यान मुद्दामा पक्राउ पर्दासमेत प्रदेश १ प्रदेशसभा सचिवालयले कार्कीलाई नियमित तलब भत्ता भुक्तानी गरेको पाइएको छ । नेपाली कांग्रेसबाट निर्वाचित समानुपातिक सांसद कार्कीले ०७५ जेठ १ गतेदेखि अर्को व्यवस्था नभएसम्मका लागि राजपत्र अनंकित प्रथम श्रेणीको कर्मचारीसरह सेवा सुविधा पाउने गरी रोबिनलाई आफ्नो स्वकीय सचिवमा नियुक्त गरेकी थिइन् । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ ।

ताजा अपडेट

नेपालवाच विशेष