अब ग्यासमा दुईथरी मूल्य

काठमाडौं । नेपाल आयल निगमले घरायसी र औद्योगिक प्रयोजनका लागि प्रयोग हुने ग्यासमा असारभित्रै छुट्टाछुट्टै मूल्य तोक्ने भएको छ ।
औद्योगिक प्रयोजनमा परल मूल्यमा जाने र घरायसी प्रयोजनमा सहुलियत दिन सकिने सम्बन्धमा अध्ययन गर्न गुणस्तर तथा नापतौल विभागका महानिर्देशक नेतृत्वमा टोली गठन भएको निगमका कार्यकारी निर्देशक उमेश थामीले बताए ।
‘गुणस्तर विभागबाट प्रतिवेदन आएपछि हामी यही आवभित्र छुट्टाछुट्टै मूल्य निर्धारण गरेर लागू गर्छौँ,’ उनले भने । औद्योगिक र घरायसी प्रयोजनका ग्यास सिलिन्डरको साइज र रङ नै फरक हुने उनले बताए ।
निगम सञ्चालक समितिका अध्यक्ष तथा वाणिज्य तथा आपूर्तिसचिव गणेश पाण्डेले इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट बक्यौता भुक्तानी नगरेसम्म तेल नपठाउने चेतावनी आएको बताए ।
पाण्डेका अनुसार आइओसीलाई निगमले २२ अर्बको ब्याज पनि तिर्नुपर्नेछ । बक्यौताको ब्याजदर साढे १२ प्रतिशत छ, असारका बाँकी दिनको समेत जोड्दा निगमले २५ अर्ब रुपैयाँ आइओसीलाई भुक्तानी गर्नुपर्ने अनुमान छ ।
मूल्यवृद्धि गर्दा बक्यौता नघटे पनि नथपिने निगमको विश्वास छ ।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया