NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ७ गते

पूर्वनासु घिमिरेले चलाएका थिए प्रतिस्थापन विधेयक पनि

नमान्ने उच्च अधिकारीहरू कि थन्क्याइए, कि पन्छाइए

काठमाडौं । पूर्वनायब सुब्बा रघुनाघ घिमिरेले यो बजेट मात्र चलाएका होइनन्, अर्थमन्त्री जनार्दन शर्माले गत भदौमा ल्याएको प्रतिस्थापन विधेयकमा पनि शक्तिशाली हस्तक्षेप गरेको पाइएको छ ।

शर्मा आर्थमन्त्री भएर आएदेखि नै अर्थमा उनको रजगज चलेको त्यहाँका विशिष्ठ कर्मचारीहरू बताउँछन् ।

अर्थमन्त्री शर्माले गत भदौ २५ गते अघिल्लो केपी ओली सरकारको बजेट प्रतिस्थापन विधेयक ल्याएका थिए । त्यसका लागि उक्त दिन बिहान २ बजेसम्म (मध्यरातपछि अबेलासम्म) अर्थका उच्च अधिकारीहरू खटेका थिए ।

‘त्यति बेला पनि पूर्वनासु घिमिरे शक्तिशाली बनेर राजस्व, कर र भन्सारका दर फेरबदल गराउन छिरेका थिए । अन्तिम घडीसम्म उनले अनेकथरी मिलाउन जोडजुलुम गरिरहे,’ उक्त विधेयक बनाउन खटेका एक उच्च अधिकारी भन्छन्, ‘तर हामीले भेटेनौं । उनका हरेक प्रयास रोक्यौं ।’

विधेयक निर्माणमा जुटेका अर्का अधिकारीका अनुसार उनले मूल रूपमा स्वदेशी सिमेन्ट उद्योगलाई पनि मूल्य अभिवृद्धि छुट दिलाउन जोडबलसाथ प्रयास गरेका थिए । ‘हामीले केही पनि चलाउन दिएनौं,’ उनले भने । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ ।

ताजा अपडेट

नेपालवाच विशेष