NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ७ गते

के नेकपा एसका असन्तुष्टले पार्टी फुटाउन सक्छन् ?

काठमाडौं । नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीमा तनाव उत्पन्न भएको छ । पार्टीले सरकारबाट फर्कंन दिएको निर्देशन मन्त्रीहरूले नमानेपछि यो पार्टीभित्र विवाद चुलिएको हो ।

असन्तुष्ट मन्त्रीसहित १० सांसदले संसदीय दलको बैठक बोलाउन माग गरेका छन् ।

संसदीय दलको संख्याको बलमा माधव–झलनाथलाई गलाएर मन्त्री फेर्ने पार्टी निर्णय परिवर्तन गर्ने र मन्त्रीमा कायम रहने असन्तुष्टको रणनीति छ । पार्टीले निर्णय फिर्ता नगरे पुरानो निर्णय उल्ट्याएर आफूहरूसँग उभिएका सांसदहरूलाई पठाउने अर्को योजना पनि उनीहरूको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्री परिवर्तन नगर्ने पक्षमा छन् । प्रधानमन्त्रीले कुनै सहयोग नगर्ने र पार्टीको निर्णय जसरी पनि कार्यान्वयन हुने अवस्थामा भने मन्त्रीबाट राजीनामा दिने उनीहरूको तयारी छ ।

एकीकृत समाजवादीका असन्तुष्टलाई दल नै विभाजन गर्ने सुविधा भने छैन । किनभने, जुन प्रक्रियाले एमालेबाट विभाजित भएर एकीकृत समाजवादी बन्यो, ऐनअनुसार पाँच वर्षसम्म त्यही प्रक्रियाले यो पार्टी विभाजन हुन सक्दैनद । निर्वाचन आयोगले विभाजनको निवेदनसमेत लिँदैन ।

 

ताजा अपडेट

नेपालवाच विशेष