आफ्ना बच्चालाई कुटपिट गर्ने आमा बुवालाई यी देशमा हुन्छ कारबाही !
काठमाडौं । हाम्रो देशमा धेरैपटक आमाबुवाले आफ्नो रिस बच्चामाथि पोख्छन् । आमाहरूले रिसाएको बेला चप्पल, झाडु, जे हातमा हुन्छ त्यसैले हान्छन् । धेरै रिसाए भने कुखुरा बनाएर हात खुट्टा बाँधेर वा चर्को घाममा घरबाट बाहिर राख्दिने गर्छन् । यसलाई हाम्रो समाजमा सामान्य जस्तै मानिन्छ तर विश्वका केही देशमा बालबालिकालाई यसरी कुटपिट गर्दा कानुन लाग्छ ।
बालबालिकालाई कुटपिट गर्दा उनीहरुको दिमागमा नकारात्मक असर पर्छ । यसकारण पनि विश्वका केही देशमा भने बालबालिकालाई कुटपिट गर्न कानुनी रुपमा नै प्रतिबन्ध लगाइएको छ ।
जसमध्ये ५२ देशमा बालबालिकामाथि हात उठाउनेलाई कडा कानुनी सजाय हुनेछ । सन् १९७९ मा सबैभन्दा पहिला बालबालिकालाई कुटपिट गर्न स्वीडेनले प्रतिबन्ध लगाएको हो ।
बेलायतमा भने आंशिक प्रतिबन्ध लगाइएको छ । त्यहाँ आमा बुवाले उचित कारण दिएर मात्रै बालबालिकामाथि हात उठाउन सक्छन् । अष्टेलियामा बच्चाको टाउको तथा गर्दनमा हान्न प्रतिबन्ध छ । यदि आमा बुवाले उनीहरुलाई टाउको वरपर हानेमा सजाय हुनेछ ।
क्यानडामा बच्चालाई अनुशासनमा राख्न हात उठाउन सकिन्छ तर यसमा केही प्रतिबन्ध लगाइएको छ । अनुशासनमा राख्न हात उठाउने आमा बुबा कानुनी रुपमा अभिभावक हुनुपर्ने त्यहाँको नियम छ । त्यस्तै आमा बुवाबाहेक अन्य कसैले बच्चालाई कुटपिट गर्न पाउने छैनन् । अर्थात्, विद्यालयका शिक्षक, हजुरआमा, काकी र काकाले कुनै पनि बच्चामाथि हात उठाउन सक्दैनन् । अर्कोतर्फ, आमाबुवाले पनि कारण देखाएर मात्रै बालबालिकालाई सजाय दिन सक्छन् । यसबाहेक बच्चालाई गम्भीर चोट लागेमा अभिभावकलाई कानुनी कारबाही गरिन्छ ।
फ्रान्समा बच्चालाई कुटपिट गर्न पूर्ण रुपमा प्रतिबन्ध छ । सन् २०१९ को नयाँ कानुनअनुसार आमा बुवाले आफ्ना छोराछोरीमाथि हात उठाउन पाउँदैनन् । उनीहरुले यो नियम उल्लंघन गरे भने कानुनी कारबाही हुन्छ ।
विद्यालयको मात्रै कुरा गर्ने हो भने ११७ देशमा शिक्षकले बच्चामाथि हात उठाउन पाउँदैनन् । जिम्बाब्वे र मोरक्कोलगायत २० वटा देशमा शिक्षक तथा अभिभावकमाथि कुनै प्रतिबन्ध लगाइएको छैन ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया