NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ७ गते

अब कार्यालय सहयोगी कुन–कुन पदमा जान सक्छन्

काठमाडौं । श्रेणीविहीन स्थायी कार्यालय सहयोगी पदका कर्मचारी अब सीपका आधारमा सवारीचालक पनि बन्न पाउने भएका छन् । मन्त्रिपरिषद्को १४ असारको बैठकले ‘…ती कर्मचारीको सेवा समूह र पद परिवर्तन गर्ने’ निर्णय गरेसँगै चालक बन्ने बाटो खुलेको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीका अनुसार, कार्यालय सहयोगीमा स्थायी नियुक्ति लिएकाहरूले सीपका आधारमा पद परिवर्तन गरेर सवारीचालक बन्न पाउनेछन् । स्थायी कार्यालय सहयोगीमा नियुक्त भएका तर सवारीचालक अनुमतिपत्र भएकाहरूले यो अवसर प्राप्त गर्न पाउनेछन् । तर त्यसका लागि लोक सेवा आयोगले लिने सीप परीक्षा उत्तीर्ण हुनुपर्नेछ ।

सवारीचालक अनुमतिपत्र पनि भएका एक कार्यालय सहयोगीले पुनरावेदन अदालत पाटनमा सेवा समूह र पद परिवर्तन गर्न पाउनुपर्ने माग राख्दै रिट दायर गरेका थिए । पुनरावेदन अदालतले सीपका आधारमा सवारी चालक पदमा परिर्वतन गर्न दिनू भनेर आदेश दिएसँगै मन्त्रिपरिषद्ले यस्तो निर्णय गरेको हो । नयाँ पत्रिकामा खबर छ ।

ताजा अपडेट

नेपालवाच विशेष