‘परिवर्तनको पहिलो खुड्किलो उक्लियौं, अब शिखर चढ्नुछ’
काठमाडौं । प्रस्तावित नाम निर्वाचन आयोगले मान्यता दिएर दर्ता भएपछि नाम ’राष्ट्रिय स्वतन्त्र पार्टी’ले खुसी व्यक्त गरेको छ ।
पार्टीले सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गरेको हो ।
पार्टीका नामविरुद्धका दुई उजुरी खारेज गर्दै निर्वाचन आयोगले स्वतन्त्र पार्टीलाई मान्यता दिएको हो ।
प्रस्तावित चुनाव चिन्ह घण्टी भने खारेज भएको छ । त्यसको सट्टामा गोलाकारभित्रको घण्टी दिइएको छ ।
‘परिवर्तनको पहिलो खुड्किलो उक्लियौं, अब शिखर चढ्नु छ । निर्वाचन आयोगले नाम राष्ट्रिय स्वतन्त्र पार्टी र र चुनाव चिन्ह गोलाकारभित्र घण्टी स्वीकृत गरेको सुनाउन पाउँदा खुसी छौं । निर्वाचन आयोगप्रति हार्दिक आभार । पार्टी घोषणाको दिनदेखि आजसम्म तपाईंहरूले देखाउनुभएको माया र सद्भावका लागि हामी सधैं ऋणी छौं । अब जान्नेलाई छान्ने,’ पार्टीको फेसबुक पेजमा लेखिएको छ ।
सञ्चारकर्मबाट राजीनामा दिएर गत असार ७ मा रवि लामिछानेले नयाँ दल घोषणा गरेका थिए ।
रविको पार्टी दर्ता : नामले मान्यता पायो, घण्टीमा घेरा लाग्यो
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया