इटालीमा हिमनदी फुट्दा ६ जनाको मृत्यु
इटाली । उत्तरी इटालीमा तापक्रम वृद्धिसँगै आइतबार हिमनदी भत्किँदा कम्तीमा छ जनाको मृत्यु भएको छ भने एक दर्जनभन्दा बढी बेपत्ता भएका छन् ।
सो दुर्घटना भेनेटोको क्षेत्रमा उच्च तापक्रम वृद्धि भएको भोलिपल्ट भएको थियो । यस क्षेत्रका केही भागहरू समुद्री सतहमा ४० डिग्री सेल्सियस (१०४ डिग्री फरेनहाइट) पार गरेको स्थानीय अधिकारीहरूले जनाएका छन् ।
मार्मोलाडाको शिखरमा तापमान लगभग १० डिग्री सेल्सियस (५० डिग्री फरेनहाइट) थियो । सामान्यतया आल्प्सको अग्ला चुचुराहरूमा तापक्रम वर्षैभरि ० डिग्री सेल्सियस (३२ डिग्री फरेनहाइट) भन्दा कमी रहन्छ ।
इटालीको नहर सहर क्षेत्र भेनेटोमा नागरिक सुरक्षाका क्षेत्रीय काउन्सिलर जियानपाओलो बोटासिनका अनुसार, मृतक र बेपत्ता भएका भनिएका बाहेक कम्तीमा पनि आठ जना घाइते भएका छन् जसमा एक जनाको अवस्था गम्भीर छ ।
मारमोलाडाको चुचुरो समुन्द्र सतहबाट ३,३४३ मिटर (लगभग ११,००० फीट) उचाइमा छ । दुर्घटना दिउँसो १.४५ बजे भएको थियो । उक्त हिमनदीमा रहेको आइस शेल्फ भत्किदा हिउँ, बरफ र चट्टानको पहिरोले पर्वतारोही र पदयात्रीहरूको थुप्रै समूहलाई घेरेको थियो । उक्त क्षेत्रमा थप पहिरोको जोखिम रहेको अधिकारीहरुले बताएका छन् ।
घाइतेहरूलाई बेलुनो, ट्रेभिसो, ट्रेन्टो र बोलजानो सहरका नजिकैका अस्पतालहरूमा लगिएको छ । उद्धारकर्ताहरूले हेलिकप्टर, शिकारी कुकुरहरू र अत्याधुनिक ग्लोबल पोजिसनिङ प्रविधिहरू प्रयोग गरेका थिए ।
ताजा अपडेट
-
उपेन्द्र यादबले सरकार छाड्दै, मन्त्रिपरिषद् पुर्नगठनको तयारीमा प्रधानमन्त्री
-
चेन्नईको जितसँगै आइपिएलको ‘प्लेअफ’ समिकरण प्रतिस्पर्धा रोचक बन्दै
-
कलंकी नापीका कर्मचारी भ्रष्टाचारी ठहर
-
विकल पौडेलविरुद्ध ४० करोड भ्रष्टाचारको मुद्दा दायर
-
प्रहरीका उच्च अधिकारीको बढुवा र पदस्थापनमा
प्रतिक्रिया