काठमाडौंका कुन–कुन रूटमा चल्छन् साझाका बिजुली बस ?
काठमाडौं । साझा यातायातले बिहीबारबाट बिजुली बस संचालन गरेको छ । सार्वजनिक यातायातको क्षेत्रमा अलग पहिचान बनाएको साझाले तीनवटा बिजुली बसको सुरुवात गरेको हो । यस अघि डिजेल गाडीमात्रै चलाउँदै आएकोमा बिहीबारबाट काठमाडौंका विभिन्न रुटमा यी तीन बस चल्न थालेका हुन् ।
रूट
नयाँ बसपार्क-बालाजु-ठमेल-रत्नपार्क-सिंहदरबार-बानेश्वर-मीनभवन हुँदै एयरपोर्टसम्म दुईवटा बस चल्नेछन् । अर्को एउटा बस लगनखेल-लैनचौर-बाँसबारी हुँदै बूढाननीलकण्ठ खण्डमा चल्ने साझाले जनाएको छ ।
डेढ करोड मूल्य प्रतिवटा पर्ने ४० वटा बस आउने क्रममा बिहीबार तीनवटाको सुरुवात भएको हो । बाँकी बस पनि छिट्टै ल्याउने र संचालन गर्ने साझाको भनाई छ ।
बसमा चालक र सहचालक सबै सबै महिला छन् ।
सरकारको बहुमत सेयर रहेको बिजुली बसका लागि ३ अर्ब लगानी छ । जसबाट तीन सय हाराहारी बिजुली बस किन्ने तयारी छ । साझाले ब्याट्रिबाट चल्ने भन्दै तीन चरणमा बस ल्याउने जनाएको छ । अहिले आएका बस चीनमा निर्मित हुन् ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया