पाकिस्तानमा एक महिनामा १५७ महिला अपहरित

काठमाडौं (एजेन्सी) । पाकिस्तानमा जुन महिनामा १५७ जना महिला अपहरित भएका छन् ।
सोही अवधिमा ९१ महिलामाथि बलात्कार भएको विवरण पनि हालै सार्वजनिक भएको एक प्रतिवेदनमा उल्लेख छ ।
दिगो सामाजिक विकास सङ्गठन (एसएसडिओ) र अनुसन्धान, विकास र सञ्चार केन्द्रले तयार पारेको प्रतिवेदनमा महिला विरुद्धका हिंसा बढेको देखिएको छ ।
हिंसाको अवस्था र सङ्ख्याको गुणात्मकता नकारात्मक भएको देखिएको छ, प्रतिवेदनमा लेखिएको छ ।
जुन महिना भरीमा १८० बालबालिकामा यौनजन्य तथा भौतिक हिंसाका घटना भएको अनुसन्धानकर्ताहरूले बताएका छन् ।
बालबालिका माथि भएका ९३ दुर्व्यवहारका घटना मध्ये ६४ ओटा अपहरणका घटना र ३७ ओटा भौतिक आक्रमणका घटना भएको जनाइएको छ ।
ताजा अपडेट
-
आकस्मिक गर्भनिरोधक चक्कीले पनि हुन्छ अनियमित महिनावारी
-
ठगका अनेक चालः टर्कीको भूकम्प पुनःनिर्माणमा पठाइदिने भन्दै करोडौं ठगी
-
प्रविधि पछ्याउँदै प्रहरीः गुनासो व्यवस्थापनका लागि उजुरी पेटिकाबाट क्युआर कोडतर्फ
-
सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार
-
कामपाले निर्धारण गर्यो अनुगमन गर्न १६ सूचक
प्रतिक्रिया