सर्वोच्चले भन्यो : कमल थापालाई ‘गाई’ नदिने निर्णय तत्काललाई कार्यान्वयन नगर्नू
काठमाडौं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाललाई गाई चुनाव चिह्न नदिने निर्णय तत्काललाई कार्यान्वयन नगर्न सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश कुमार रेग्मीको इजलासले शुक्रबार उक्त आदेश दिएको हो ।
थापाले बिहीबार चुनाव चिह्न ‘गाई’ माग्दै अदालतमा दायर गरेको रिटमाथि सुनुवाइ गर्दै उनले यस्तो आदेश दिएका हुन् ।
सर्वोच्चले निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गर्दै अन्तरिम आदेशका लागि छलफल गर्न आयोग र रिट निवेदक दुवै पक्षलाई बोलाएको छ । साउन ४ गतेका लागि बोलाइएको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले बताए ।
बिहीबार दर्ता गरिएको रिटमाथिको पेसीमा बहस गर्न अध्यक्ष थापा शुक्रबार अदालत पुगेका थिए ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया