सर्वोच्चले भन्यो : कमल थापालाई ‘गाई’ नदिने निर्णय तत्काललाई कार्यान्वयन नगर्नू

काठमाडौं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाललाई गाई चुनाव चिह्न नदिने निर्णय तत्काललाई कार्यान्वयन नगर्न सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश कुमार रेग्मीको इजलासले शुक्रबार उक्त आदेश दिएको हो ।
थापाले बिहीबार चुनाव चिह्न ‘गाई’ माग्दै अदालतमा दायर गरेको रिटमाथि सुनुवाइ गर्दै उनले यस्तो आदेश दिएका हुन् ।
सर्वोच्चले निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गर्दै अन्तरिम आदेशका लागि छलफल गर्न आयोग र रिट निवेदक दुवै पक्षलाई बोलाएको छ । साउन ४ गतेका लागि बोलाइएको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले बताए ।
बिहीबार दर्ता गरिएको रिटमाथिको पेसीमा बहस गर्न अध्यक्ष थापा शुक्रबार अदालत पुगेका थिए ।
ताजा अपडेट
-
सार्वजनिक निजी सवारी साधन सञ्चालनमा आवश्यकता अनुसार रोक लगाउन पहल
-
बजेटको पक्षमा मतदान गर्न सांसदहरूलाई कांग्रेसको ह्विप जारी
-
आवश्यक रासायनिक मल मौज्दात छ, चिन्ता गर्नु पर्दैन : कृषिमन्त्री अधिकारी
-
प्रधानमन्त्रीलाई सहकारी महासङ्घको ध्यानाकर्षण
-
सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक
प्रतिक्रिया