NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २९ गते

विश्वभर फैलिँदै मंकिपक्स भाइरस, युरोप उच्च जोखिममा

काठमाडौं । विश्व स्वास्थ्य संगठनले मंकिपक्स भाइरस फैलिएपछि विश्वभर स्वास्थ्य संकटकाल घोषणा गरेको छ । डब्लुएचओको आपतकालीन समितिको शनिबार बसेको बैठकले स्वास्थ्य आपतकाल घोषणा गर्ने निर्णय गरेको हो । मंकिपक्स अहिलेसम्म ८० देशमा फैलिएको छ ।

भारतमा पनि मंकिपक्स अहिलेसम्म ३ जनामा पुष्टि भइसकेको छ । त्यस्तै अमेरिकामा पहिलोपटक २ जना बच्चामा यो संक्रमण पुष्टि भएको छ ।

सरुवा रोग नियन्त्रण तथा रोकथाम केन्द्र सिडसीका अनुसार उक्त संक्रमण देखिएकोमध्ये एउटा बच्चा क्यालिफोर्निया र अर्को नवजात शिशु अमेरिकाका अस्थायी निवासी हुन् ।

मंकिपक्सको पहिलो संक्रमण बेलायतमा मे ६ मा पुष्टि भएको थियो । यसको संक्रमण पुरुषमा बढी पाइएको छ । मंकिपक्स मिटरको तथ्यांकअनुसार अहिलेसम्म यो भाइरसबाट ८० देशमा १६ हजार ८ सय ८६ जना संक्रमित भइसकेका छन् । योमध्ये युरोपमा मंकिपक्सको संक्रमण उच्च देखिएको छ । त्यहाँ अहिलेसम्म संक्रमितको संख्या ११ हजार ९८५ पुगेको छ ।

त्यस्तै यसको उच्च संक्रमण बेलायत, स्पेन, अ‍मेरिका, जर्मनी, फ्रान्स, क्यानडा, नेदरल्यान्ड, इटाली र बेल्जियममा रहेको छ । मंकिपक्सका कारण अहिलेसम्म ३ जनाको मृत्यु भइसकेको संगठनले जनाएको छ । यसको संक्रमण गर्भवती महिला तथा ५ वर्षमुनिका बालबालिकामा खतराजनक मानिन्छ ।

के हो मंकिपक्स ?
मंकिपक्स एक भाइरल इन्फेक्सन हो । यो पहिलोपटक १९५८ मा बाँदरमा देखिएको थियो । त्यसपछि १९७० मा यसको संक्रमण पहिलोपटक मानिसमा देखिएको थियो । सन् २००३ मा पहिलोपटक अफ्रिकाबाहिर अमेरिकामा पनि संक्रमण देखियो ।

भाइरसको संक्रमण धेरैजसो मध्ये तथा पश्चिम अफ्रिकी देशमा पाइन्छ । सन् २०१७ मा यसको संक्रमण नाइजेरियामा देखिएको थियो । जसको ७५ प्रतिशत संक्रमित पुरुष थिए । यो भाइरस मानिसको घाउबाट निस्किएर आँखा, नाक तथा मुखको सहायताले शरीरमा प्रवेश गर्छ ।

लक्षण ?
यसको लक्षण संक्रमण भएको ५ देखि २१ दिनसम्म देखिन्छ । प्रारम्भिक लक्षणमा ज्वरो आउने, टाउको दुख्नु, जीउ सुन्निनु, ढाड दुख्नु तथा मांशपेशी दुख्नु आदि लक्षण देखापर्छन् । त्यस्तै ज्वरापछि अनुहार हुँदै शरीरका भागमा डाबर देखापर्ने गर्दछन् ।

मंकीपक्सको अहिलेसम्म दुई वटा भेरिएन्ट पहिचान गरिएको छ । एकमध्ये अफ्रिकामा फैलिएको भेरिएन्टले बिरामीमा धेरै लक्षण देखाउँछ र दोस्रो पश्चिमी अफ्रिकामा भेटिएको छ । यसको संक्रमण भएका मानिसमा सामान्य लक्षण देखिन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार चिकेन पक्सको खोप मंकिपक्समा ८५ प्रतिशत काम गर्छ । धेरै देशमा यहि खोपको प्रयोग गरिएको छ ।

मंकिपक्स फैलिएपछि संसारभर स्वास्थ्य आपतकाल घोषणा

विश्वका १२ देशमा फैलिइसकेकाे मंकीपक्स भाइरस के हो ? कसरी सर्छ ?

मङ्कीपक्स २० देशमा फैलियो, उच्च सतर्कता अपनाउन डब्लुएचओको आग्रह

ताजा अपडेट

नेपालवाच विशेष