NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

नोकिया सी–२१ प्लसको बिक्री सुरु, यस्ता छन् विशेषता

नोकियाले आफ्नो स्मार्टफोन C21 Plus खरिदका लागि उपलब्ध गराएको छ । यो फोन नोकियाले १२ जुलाईमा भारतमा लन्च गरेको थियो । नोकिया सी २१ प्लस ३ दिनको ब्याट्री ब्याकअपसहित ल्याइएको छ । यो फोन दुई कलर विकल्प डार्क सियान र वार्म ग्रेमा खरिद गर्न सकिन्छ।

फोनमा १३ मेगापिक्सेलको डुअल क्यामेरा सेटअप र सुरक्षाका लागि रियर माउन्ट गरिएको फिंगरप्रिन्ट सेन्सर छ। फोन रिटेल, ई-कमर्स प्लेटफर्म र नोकियाको आधिकारिक वेबसाइटबाट खरिद गर्न सकिन्छ। Nokia C21 Plus को मूल्य, स्पेसिफिकेशन र फिचर्सबारे जानौं :

Nokia C21 Plus को मूल्य

नोकियाबाट आएको यो फोन बजेट सेगमेन्टमा भारतीय बजारमा ल्याइएको हो । भारतमा ३ जीबी र्याम र ३२ जीबी स्टोरेज भएकाे १०,२९९ भारु र ४ जीबी र्याम र ६४ जीबी स्टोरेज भएकाे ११,२९९ भारुमा किनबेच भइरहेकाे छ । फाेन रिटेल स्टोर, ई-कमर्स वेबसाइट र नोकियाको आधिकारिक वेबसाइटबाट किन्न सकिन्छ। नोकियाको आधिकारिक वेबसाइटबाट फोन किन्दा नोकिया वायर इयरफोनहरू पनि सीमित समयका लागि उपलब्ध हुनेछन्।

नोकिया C21 प्लसका विशेषाताहरू

नोकिया सी २१ प्लसमा ६.५ इन्चको एचडी प्लस डिस्प्ले र २०:९ को एस्पेक्ट रेसियो छ। एन्ड्रोइड ११ भएको फोनमा अक्टा कोर Unisoc SC9863A प्रोसेसर दिइएको छ। सुरक्षाका लागि फोनमा फिंगरप्रिन्ट सेन्सर र एआई फेस अनलक सुविधाहरू पनि उपलब्ध छन्। फोनमा डुअल क्यामेरा सेटअप उपलब्ध छ, जुन १३ मेगापिक्सेलको प्राइमरी क्यामेरा र २ मेगापिक्सेल डेप्थ सेन्सरसँग आउँछ। सेल्फीका लागि फोनमा ५ मेगापिक्सेलको क्यामेरा दिइएको छ ।

Nokia C21 Plus मा कम्पनीले दुई वर्षको लागि सेक्युरिटी अपडेट पनि उपलब्ध गराउने भएको छ । फोनमा 10W चार्जिङ सपोर्टको साथ 5,050mAh ब्याट्री छ। यसको ब्याट्रीले सत प्रतिशत चार्ज गरेपछि ३ दिनसम्म ब्याट्री ब्याकअप दिने कम्पनीको दाबी छ । फोनमा ३.५ एमएम हेडफोन ज्याक, माइक्रो युएसबी पोर्ट र ब्लुटुथ ४.२ जस्ता कनेक्टिभिटी सुविधाहरू पनि उपलब्ध छन्।