यी हुन् एमालेले देखेका १० बुँदे संरचनागत आर्थिक चुनौती

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले नेपालको वर्तमान आर्थिक संरचनागत चुनौतीबारे समीक्षात्मक प्रतिवेदन सार्वजनिक गरेको छ ।
पूर्वअर्थमन्त्रीसमेत रहेका डा. युवराज खतिवडाले तयार गरेको समीक्षात्मक प्रतिवेदन एमालेको नीति तथा अध्ययन प्रतिष्ठानद्वारा शुक्रबार सर्वाजनिक गरेको हो ।
६ बुँदामा तयार गरिएको प्रतिवेदना नेपालको आर्थिक अवस्था, चुनौती, दक्षिण एसियामा नेपालको अवस्थाबारे समीक्षा गरिएको छ । त्यस्तै एमाले सरकारले छोडेको अर्थतन्त्र, गठबन्धन सरकार र वर्तमान अर्थतन्त्र र अर्थतन्त्रमा केही आशाका पक्षहरू सम्बन्धमा छुट्टाछुट्टै समीक्षा गरेको छ । एमालेले विगत तीन दशकमा नेपालको आर्थिक वृद्धिदर ४.५ प्रतिशत रहेको उल्लेख छ । छिमेकी मुलुक चीन र भारतमा त्रमशः ९ र ६ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै ३ दशकमा देशको बजेट निरन्तर घाटामा नै चलिरहेको, तर यो घाटा कूूल ग्राहस्थ उत्पादनको औसत ५% भन्दा धेरै नभएको उल्लेख छ । त्यस्तै पुुँजीगत बजेट खर्च गर्न नसक्ने समस्या लामो समयदेखि रहिआएको, पछिल्ला वर्षहरूमा त पुँजीगत खर्च गर्ने क्षमता झन् खस्किँदै गएको उल्लेख गरेको छ ।
यस्तो छ एमालेले देखेका आर्थिक चुनौती :
१. विगत ३ दशकमा नेपालको आर्थिक बृद्धिदर औसत ४.५%, छिमेकी चीन र भारतको औसत आर्थिक बृद्धिदर क्रमशः ९% र ६ % भन्दा माथि ।
२. विगत ३ दशकमा देशको बजेट निरन्तर घाटामा नै चलिरहेको, तर यो घाटा कुल ग्राहस्थ उत्पादनको औसत ५% भन्दा धेरै नभएको, पुुँजीगत बजेट खर्च गर्न नसक्ने समस्या लामो समयदेखि रहिआएको, पछिल्ला वर्षहरूमा त पूँजीगत खर्च गर्ने क्षमता झन् खस्किंदै गएको ।
३. देशको वैदेशिक व्यापार निरन्तर घाटामा नै चलिरहेको, ५% माथिकोे आर्थिक बृद्धिदर हासिल गर्दा नै व्यापार घाटामा उच्च बृद्धि हुने गरेको, २०४८ देखि २०५३ का बीच कूूल गार्हस्थ उत्पादनको औसत १६%, २०६३ देखि २०६७ सालमा औसत २२ %, र २०७३ देखि २०७७ सालमा औसत ३२%,
४. तथापि व्यापार घाटाले एकाध वर्षबाहेक अहिलेजस्तो भुक्तानी सन्तुलनमा ठूलो दबाब सिर्जना हुन नगरेको ।
५. विगत ३ दशकमा औसत मुद्रा स्फ्रिति दर करिब ८% रहेको, सर्वसाधारणले उपभोग गर्ने खाद्यवस्तुहरूको मूूल्यमा भने समय समयमा दुई अंकको मूल्य बृद्धि ।
६. विगत ३ दशकमा नेपालको आर्थिक बृद्धिदर औसत ४.५%, छिमेकी चीन र भारतको औसत आर्थिक बृद्धिदर क्रमशः ९% र ६ % भन्दा माथि ।
७. विगत ३ दशकमा देशको बजेट निरन्तर घाटामा नै चलिरहेको, तर यो घाटा कुल गार्हस्थ उत्पादनको औसत ५% भन्दा धेरै नभएको, पुुँजीगत बजेट खर्च गर्न नसक्ने समस्या लामो समयदेखि रहिआएको, पछिल्ला वर्षहरूमा त पुँजीगत खर्च गर्ने क्षमता झन् खस्किँदै गएको ।
८. देशको वैदेशिक व्यापार निरन्तर घाटामा नै चलिरहेको, ५% माथिकोे आर्थिक बृद्धिदर हासिल गर्दा नै व्यापार घाटामा उच्च बृद्धि हुने गरेको, २०४८ देखि २०५३ का बीच कुल ग्राहस्थ उत्पादनको औसत १६%, २०६३ देखि २०६७ सालमा औसत २२ %, र २०७३ देखि २०७७ सालमा औसत ३२%,
९. तथापि व्यापार घाटाले एकाध वर्ष बाहेक अहिले जस्तो भुक्तानी सन्तुलनमा ठूलो दबाब सिर्जना नगरेको ।
१०. विगत ३ दशकमा औसत मुद्रा स्फ्रिति दर करिब ८% रहेको, सर्वसाधारणले उपभोग गर्ने खाद्यवस्तुहरूको मूूल्यमा भने समय समयमा दुई अंकको मूल्य बृद्धि ।
प्रतिक्रिया