काभ्रेस्थली घटना : श्रीमती र छोराछोरीको हत्यापछि आत्महत्या
काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–२ काभ्रेस्थलीका एकै परिवारका चारजना मृत भेटिएको घटनाको रहस्य खुल्दै गएको छ ।
गोरखा घर भइ काभ्रेस्थलीको पदमसाल बस्दै आएका दिनेश पाण्डेले श्रीमती सुनीता काप्री पाण्डे, ७ वर्षका छोरा आशिक र ११ वर्षकी छोरी आशिकालाई हत्या गरेर आफूले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानले जनाएको छ ।
घटनास्थलमा भेटिएको सुसाइड नोट दिनेशको रहेको प्रहरीको अनुसन्धानले देखाएको छ । जहाँ उनले श्रीमती सुनीताको सम्बन्ध अरु कोहीसँग भएको साथै घर व्यवहारमा पनि ससुरालीले हस्तक्षेप गरेकाले घटना घटाएको उल्लेख गरेका छन् ।
प्रहरीका अनुसार दुई छोरीछोरीका हत्याबारे चाहिँ दिनेशले माया लागेर उनीहरूलाई सँगै लिएर गएको बताएका छन् ।
सोमबार बिहान चारजना घरमै मृत भेटिएका थिए । ‘सुसाइड नोट’ पनि भेटिएपछि घटना रहस्यमय बनेको थियो ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया