बुबाको मृत्युपछि ६ बालबालिकाको बिचल्ली
![बुबाको मृत्युपछि ६ बालबालिकाको बिचल्ली](http://nepalwatch.com/wp-content/uploads/2022/08/bachhaa.png)
पर्वत । अरिंगलको टोकाइबाट बुबाको मृत्यु भएपछि पर्वतको कुश्मा नगरपालिका-१, पाङ नेवारका ६ बालबालिकाको बिचल्ली भएको छ । स्थानीय ३५ वर्षीय श्रीराम परियारको मृत्यु भएपछि उनका सन्तानको बिचल्ली भएको हो ।
परियारको गत साउन १२ गते अरिंगलको टोकाइबाट मृत्यु भएको थियो । उनले ज्याला मजदुरी गरी परिवारको गुजारा चलाउँदै आएका थिए । आय आर्जनका लागि गोला पोल्न जाँदा परियारलाई अरिंगलले टोकेको थियो ।
स्थानीय गोकुल श्रेष्ठका अनुसार अहिले उनको दुई छोरी र चार छोराको बिचल्ली भएको छ । ‘घरमा एक छाक पकाएर खाने अन्न छैन’, श्रेष्ठले भने। उनीहरु सबै १२ वर्षमुनिका बालबालिका रहेका छन् । परियारका दुई श्रीमती फूलमाया र नैनकलीको पनि कमाउने कोही नहुँदा बिचल्ली छ ।
स्थानीय पाङ युवा क्लबले परियार परिवारको सहयोगका लागि अभियान नै सञ्चालन गरेको अध्यक्ष जयराम सुवेदीले बताए । बालबालिकाले आर्थिक अभावकै कारण सामुदायिक विद्यालयमा समेत नियमित पढ्न पाइरहेका छैनन् ।
ताजा अपडेट
-
मुलुक बाहिर बसेर आर्जन गरेको ज्ञान, सीप र पुँजी नेपाल भित्र्याउन अध्यक्ष ढकालको आग्रह
-
नेपालमा अवसरै अवसर छन्, आउनुहोस् मिलेर लगानी गरौँ : अध्यक्ष ढकाल
-
प्रहरी महानिरीक्षक ‘हटाउन लागिएको’ विषयमा बोल्यो प्रहरी प्रधान कार्यालय
-
पर्यावरणीय प्रभाव सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा
-
नेपाल बीमा प्राधिकरणबाट विदा भए कार्यकारी निर्देशक पौडेल
प्रतिक्रिया